हाजिर जमानीमा छुटेका अपूर्व क्षितिज सिंह फेरि प्रहरीको हिरासतमा
नेवा: समुदायको भावनामा आँच पु¥याएको आरोपमा पक्राउ परेर भदौ २२ मा छुटेका कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले फेरि नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई सोमबार फेरी नियन्त्रणमा लिएर हिरासतमा राखेको हो ।
उनीविरुद्ध ‘अभद्र व्यवहार’को मुद्दा चलिरहेको छ । कोरोना संक्रमण पुष्टि भएपछि हाजिर जमानीमा रिहा गरिएका सिंहलाई हिरासतमा लिनुको कारणबारे काठमाडौंका एसएसपी भरत बोहरा भन्छन्–‘हाजिर जमानीमा छाडेका थियौं, पुरानै मुद्दाको निरन्तरता हो ।’
सिंहविरुद्धको मुद्दाको अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको एसएसपी बोहराले बताए । उनले भने–‘अब, सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गर्ने प्रक्रियामा पुगेको छ ।’
सरकारी वकिलले मुद्दा दर्ता गरेपछि प्रमुख जिल्ला अधिकारीले उनको मुद्दाबारे निर्णय गर्छन् । बुधवार जिल्ला सरकारी वकिल कार्यालयले सिंहलाई सँगै लगेर जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गर्ने बताइएको छ ।
कमेडी क्याफे नामक युट्युब च्यानलबाट अपलोड गरिएको ‘नेवारको परम्परा’ शीर्षकको सामग्रीमा नेवारी समुदायले आपत्ति जनाएका थिए । विवाद भएपछि सिंहले सो भिडियो युट्युबबाट हटाएका छन् । उनी भदौ १२ मा पहिलोपटक पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण