फागुनमा रिलिज हुँदै प्रियंकाको ‘फुलबारी’
रामबाबु गुरुङको निर्देशन रहेको पछिल्लो फिल्म हो ‘फूलबारी’ । सम्पूर्ण छायांकन सकाएर पोष्ट प्रोडक्सनमा रहेको फिल्म ५ फागुनबाट सार्वजनिक प्रदर्शनमा आउने निर्माण युनिटले जनाएको छ । ७ फागुन प्रजातन्त्र दिवस र ९ ग्याल्पो ल्होछारको सार्वजनिक विदा परेर फिल्म प्रदर्शनमा ल्याइन लागेको हो । फिल्ममा दयाहाङ राई, विपिन कार्की, प्रियंका कार्की, अरुणा कार्की, सृजना सुब्बा, शिल्पा मास्के, गौमाया गुरुङ लगायतको अभिनय छ ।
यशोधा फिल्मस्को ब्यानरमा निर्मित फिल्मको कथा तथा कन्सेप्ट कमल किशोर मलपानीको हो भने पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् । कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संयुक्त संगीत रहेको फिल्मलाई अमेरिकी छायाँकार जोस हेरमले छायांकन गरेका हुन् ।
मनिष ढकाल निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा ‘कबड्डी’ श्रृंखलाका निर्माता मणिराम पोखरेल छन् । आमा बनेपछि अभिनेत्री प्रियंकाले यसै फिल्मबाट अभिनयमा कमब्याक गर्न लागेकी हुन् । फिल्मका लागि प्रियंकाले आफ्नो तौल समेत घटाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण