कात्तिक ५ गतेभित्र हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय धादिङको निर्देश
बुधबार, ०२ कात्तिक २०७९, २० : ३३
जिल्ला प्रशासन कार्यालय धादिङले कात्तिक ५ गतेभित्र हातहतियार बुझाउन निर्देशन दिएको छ । बुधवार सूचना प्रकाशन गर्दै प्रशासनले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न नजिकको इलाका प्रहरी कार्यालयमा हातहतियार बुझाउन निर्देशन दिएको हो ।
लाइसेन्स प्राप्त भएका हातहतियार धनीहरूले प्रशासनलाई बुझाएको हातहतियार निर्वाचन सम्पन्न भएको एक हप्तापछि फिर्ता पाउने छन् । प्रशासनको निर्धारित समयमा हातहतियार नबुझाए उक्त हातहतियार जफत गरी कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण