एनएचपीसीले पायो पश्चिम सेती सर्वेको लाइसेन्स, ३ महिनामा प्रारम्भिक प्रतिवेदन बन्ने
बिहीबार, ०३ कात्तिक २०७९, १६ : २५
भारतको नेश्नल हाइड्रोइलेक्टिङ पावर कर्पोरेशन (एनएचपीसी)ले पश्चिम सेती सर्वेक्षणको लाइसेन्स पाएको छ । लगानी बोर्डले आज एनएचपीसीलाई आयोजना सर्वेक्षणको लाइसेन्स दिएको हो ।
बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले एनएचपीसीका डेपुटी जेनेरल म्यानेजर अशोककुमार जोशीलाई आयोजनाको सर्वे लाइसेन्स हस्तान्तरण गरेका हुन् । ७५० मेगावाट क्षमताको उक्त आयोजनाको अध्ययनको प्रारम्भिक प्रतिवेदन ३ महिनामा तयार हुनेछ ।
यसैगरी, प्रारम्भिक अध्ययन प्रतिवेदनका आधारमा आगामी २१ महिनाभित्रमा आयोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) तयार हुनेछ । बोर्डले गत भदौ २ गते प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा एनएचपीसीलाई उक्त आयोजनाको जिम्मेवारी हस्तान्तरण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
-
‘वाम–लोकतान्त्रिक युवा अभियान’मा लागेका असललाई नेकपा (माओवादी)ले गर्यो कारबाही
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
-
सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण