ब्रोकरबाटै मार्जिन कारोबारको सुविधा : १० लाख पोटफोलियो हुनेले ४० प्रतिशत नगद मार्जिन राखे हुने
धितोपत्र कारोबारमा ब्रोकरबाटै पहिलो पटक मार्जिन कारोबारको सुविधा शुरु भएको छ । नासा सेक्यूरिटिज कम्पनी लिमिटेड, स्टक ब्रोकर नम्बर ५८ ले पहिलो पटक मार्जिन कारोवार (मार्जिन ट्रेडिङ) को सुविधा शुरु गरिएको हो ।
ब्रोकरबाटै मार्जिन ट्रेडिङको सुविधा नेपालमै पहिलो पटक हो । नेपाल स्टक एक्सचेञ्जले २०७५ सालमा मार्जिन कारोबार सुविधा सम्बन्धि कार्यविधि, २०७५ जारी गर्दै धितोपत्र दलाल तथा धितोपत्र कारोबार व्यवसायीलाई यस्तो सुविधा प्रदान गरेको थियो । कार्यविधि बनेपछि लगानीकर्तालाई औपचारिक रुपमै यस्तो सुविधा प्रदान गर्ने पहिलो ब्रोकर कम्पनी नासा सेक्यूरिटिज बनेको छ । नासा सेक्यूरिटिजले नियमनकारी निकायहरुको मार्गनिर्देशन र मार्जिन कारोबार सुविधा सम्बन्धि कार्यविधि, २०७५ बमोजिम लगानीकर्ताहरुको लागि २ प्रकारका योजनाहरु ल्याएको छ ।
पहिलो योजना अन्तरगत रु. १० लाखसम्मको पोर्टफोलियोमा काम गर्ने ग्राहकले ४० प्रतिशत मात्र नगद मार्जिन राखी कारोवार शुरु गर्न सक्नेछन् । सो योजना ३० दिने अवधिका लागि उपलब्ध गराइने छ र यसमा सेवा शुल्क र व्याज सहित जम्मा शुल्क रु. ९,९९९ मात्र लाग्ने कम्पनीले जनाएको छ । यस्तै दोस्रो योजना अन्तर्गत कम्पनीले रु. १० लाखसम्मको पोर्टफोलियोमा ५८ दिने अवधिका लागि हुनेगरी सेवा शुल्क र ब्याजसहित जम्मा शुल्क रु. २१,०५८ मात्र लाग्ने बताएको छ ।
यद्यपि, यस्तो सुविधा उपभोग गर्न चाहने ग्राहकले नेप्सेबाट जारी मार्जिन कारोवार गर्न योग्य कम्पनीको सूचीभित्र रहि कारोवार गरेको हुनुपर्नेछ । यसो भएमा कम्पनीले दुवै योजना ग्राहकहरुले आवेदन दिएको ५८ मिनेट भित्रमा स्वीकृत गर्ने बताएको छ । कम्पनीसँग हाल उपलब्ध स्रोत धेरैभन्दा धेरै लगानीकर्ताहरुलाई सेवा प्रदान गर्ने उद्देश्यबाट परिचालन गरिएको छ र भविष्यमा अझ धेरै स्रोतको जोहो गरी छिटो छरितो, गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइलमा लोकप्रिय ‘माइक्रो ड्रामा’ मा चीनको अंकुश: सफ्ट पोर्नोग्राफी प्रदर्शनमा प्रतिबन्ध
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण