कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
सारांश
- कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को छैटौँ बैठकले कर्मचारीको पदस्थापनदेखि विभिन्न प्रतिवेदन तथा मापदण्ड स्वीकृत गर्ने महत्त्वपूर्ण निर्णयहरू गरेको छ।
- प्रदेश लोकसेवा आयोगको रिक्त प्रदेश सचिव पदमा आसमान तामाङलाई खटाउने र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रदेश सचिवको रूपमा कृष्णप्रसाद सापकोटालाई पदस्थापन गर्ने निर्णय भएको छ।
- महालेखा परीक्षकको कार्यालयको आठौँ वार्षिक प्रतिवेदन २०८३ लाई प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरिएको छ भने भू-उपयोग परिषद्को विज्ञ सदस्यको मनोनयन र बहुवर्षीय आयोजनाको स्रोत सहमति सम्बन्धी मापदण्ड २०८३ लाई सम्बन्धित समितिमा पठाइएको छ।
विराटनगर । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को छैटौँ बैठकले कर्मचारीको पदस्थापनदेखि विभिन्न प्रतिवेदन तथा मापदण्ड स्वीकृत गर्ने लगायतका महत्त्वपूर्ण निर्णयहरू गरेको छ। बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले विभिन्न प्रशासनिक र कानुनी प्रक्रिया अगाडि बढाइएको बताए।
मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेश लोकसेवा आयोगको रिक्त प्रदेश सचिव पदमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव आसमान तामाङलाई खटाउने निर्णय गरिएको छ। तामाङको ठाउँमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रदेश सचिवको रूपमा सह–सचिव कृष्णप्रसाद सापकोटालाई पदस्थापन गरिएको प्रवक्ताले बताए।
बैठकले महालेखा परीक्षकको कार्यालयको आठौँ वार्षिक प्रतिवेदन २०८३ लाई कोशी प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ। त्यसैगरी, कोशी प्रदेश भू–उपयोग परिषद्को विज्ञ सदस्य पदमा मनोनयन गर्ने निर्णय समेत भएको उनले जानकारी दिए। यस्तै, बहुवर्षीय आयोजनाको स्रोत सहमति सम्बन्धी मापदण्ड २०८३ लाई स्वीकृतिका लागि आवश्यक छलफल गर्न मन्त्रिपरिषद्को सम्बन्धित समितिमा पठाउने निर्णय भएको प्रवक्ता पराजुलीले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण