आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
सारांश
- आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नेपाल पुलिस फुटबल क्लबबीच खेलकुद क्षेत्रको विकास तथा खेलाडीहरूको वित्तीय सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यले सहकार्य सम्झौता भएको छ ।
- सम्झौता अनुसार प्रतिष्ठानसँग आबद्ध खेलाडी, प्रशिक्षक, कर्मचारी तथा पदाधिकारीहरूलाई इन्स्योरेन्सका विभिन्न बीमा योजनामा समेटी सेवा प्रदान गरिनेछ ।
- कम्पनीले क्लबलाई आर्थिक सहयोगसमेत उपलब्ध गराउनेछ, जसले खेलकुद गतिविधि र खेलाडी विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नेपाल पुलिस फुटबल क्लबबीच खेलकुद क्षेत्रको विकास तथा खेलाडीहरूको वित्तीय सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यले सहकार्य सम्झौता भएको छ ।
सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धि विक्रम शाहले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार प्रतिष्ठानसँग आबद्ध खेलाडी, प्रशिक्षक, कर्मचारी तथा पदाधिकारीहरूलाई इन्स्योरेन्सका विभिन्न बीमा योजनामा समेटी सेवा प्रदान गरिनेछ । साथै कम्पनीले क्लबलाई आर्थिक सहयोगसमेत उपलब्ध गराउनेछ, जसले खेलकुद गतिविधि र खेलाडी विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
कार्यक्रममा सीईओ श्रेष्ठले ऐतिहासिक पुलिस क्लबसँग सहकार्य गर्न पाउनु गर्वको विषय भएको बताउँदै खेलाडीहरूको मनोबल बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । त्यस्तै प्रहरी अतिरिक्त महानिरीक्षक शाहले खेलकुद विकास र खेलाडीहरूको उन्नतिमा गरिएको सहयोगप्रति आभार व्यक्त गर्दै यस सहकार्यले क्लबको दीर्घकालीन विकास यात्रामा महत्त्वपूर्ण टेवा पुग्ने जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण