एमालेको सरकार आए कलंकी-चाबहिल सडक ६ लेनको हुन्छ : पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको सरकार आएपछि काठमाडौंको कलंकीदेखि चाबहिलको धोबीखोलासम्म ६ लेन सडक निर्माणले तीव्रता पाउने बताएका छन् । काठमाडौं क्षेत्र नम्बर ५ मा बिहीबार आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले मुआब्जा र सडक खाली गर्ने काम सकिए पनि एमाले सरकारबाट हटेपछि सडक विस्तारको काम रोकिएको बताए ।
सुरुमा कलंकीदेखि महाराजगञ्ज चोकसम्म मात्र सडक निर्माण गर्न लागेपनि आफूले चिनियाँ पक्षसँग पहल गरेका कारण धोबीखोलासम्म निर्माण हुन लागेको उनले जानकारी दिए । वरिष्ठ उपाध्यक्ष पोखरेलले धोबीखोला करिडोर र विष्णुमती करिडोर निर्माण पनि छिट्टै सुरु हुने विश्वास व्यक्त गरे । धोबीखोला पुगेपछि सडक रातो पुलतिर डाइभर्सन गरेर गौशालातिर लैजाने योजना गरेको उनले बताए ।
कार्यक्रममा सहभागीहरुले गठबन्धनका नेताको घर परेका कारण कलंकी धोबीखोला ६ लेन निर्माण रोकिएको भन्दै पोखरेलसँग गुनासो गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिभरपुलद्वारा क्लब इतिहासकै महँगो मूल्यमा विर्ट्ज अनुबन्ध
-
वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट : अस्ट्रेलियाले लाबुसेनलाई हटायो, युवा खेलाडीलाई मौका
-
कोहली र रोहितको युगपछि शुभमन र यशस्वीको धमाकेदार सुरुवात
-
नेतृत्वविहीन रास्वपा तेस्रो स्थापना दिवस मनाउँदै, रविमाथि मुद्दाको चाङ
-
मनिष झालाई प्रश्न– रविले कतै बदमासी गरेजस्तो लागेको छैन ?
-
फ्लामेङ्गोसँगको हारले चेल्सी संकटमा