सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुईको मृत्यु
कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । शुक्रबार साँझ जिल्लाको बाणगङ्गा नगरपालिका–३ सिउटीमा सो ट्रक अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
४ नं तौलिहवा सडकखण्डमा भएको दुर्घटनामा चालक तथा सशस्त्र प्रहरी जवान रमेश चौधरी र स्थानीयवासी अमर तङनामीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिए।
ट्रकले ठक्कर दिँदा सडकमा हिँडिरहेका स्थानीय सागर पाण्डे, राजु चौधरी र कुलबहादुर घर्ती गम्भीर घाइते भएका छन् । उनीहरुको बुटवलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । ट्रकमा सवार थप तीनजना सशस्त्र प्रहरी जवान गोविन्द सुवेदी, जनक चौधरी र प्रेम मल्ल घाइते भएका छन् । उनीहरुको कपिलवस्तु सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ ।
बस्ती नजिकै भएको दुर्घटनालगत्तै स्थानीयवासी र प्रहरीले घाइतेको उद्धार गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आधुनिकताका बिच आफ्नै मौलिकता जोगाउँदै दरै समुदाय
-
२६ वर्षदेखि बन्द हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी
-
पीडा भुलाएर सिकलसेल अभियन्ता बनेका लालबहादुर र अनुपा
-
कोहलपुरमा लुम्बिनी प्रदेशस्तरीय सांस्कृतिक गोष्ठी : चार लोपोन्मुख संस्कृतिको संरक्षणमा जोड
-
केप भर्डेले रच्यो इतिहास: उरुग्वे २–२ को बराबरीमा रोकियो
-
कोशीमा मनसुन सक्रिय, लुम्बिनी र सुदूरपश्चिममा तातो लहर चल्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण