हराएका प्राचीन महत्वका पूरातात्विक सम्पदा स्वदेश फिर्ता ल्याइयो
काठमाडौँ । पुरातत्व विभागले विभिन्न समयमा चोरी गरी विदेश पुर्याइएका प्राचीन महत्वका पर्शुरामको मूर्ति, टुँडाल र धार्मिक गाताचित्र बेल्जियमबाट फिर्ता ल्याइएको छ । चोरी भएका ती सम्पदा बेल्जियममा फेला परेपछि स्वदेशी तथा विदेशी सम्पदा अभियन्ताको सहयोगमा हालै स्वदेश फिर्ता ल्याएको हो ।
पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण रहेका ती सम्पदा कुन ठाउँबाट हराएको हो त्यसको माग दाबी परीक्षण गरेर सम्बन्धित मन्दिरमा पुनःस्थापना गरिने पुरातत्व अधिकृत सरिता सुवेदीले जानकारी दिइन् ।
नेपालबाट चोरिएका विभिन्न मूर्ति, कलावस्तु, सम्पदा विश्वका कुनै मुलुकमा फेला परेको सूचना प्राप्त भएपछि फिर्ताका लागि विभागले प्रक्रिया चलाइन्छ । विदेशका विभिन्न सङ्ग्रहालयमा नेपालबाट हराएका मूर्ति फेला परेपछि सरकार, विभिन्न संस्था, अभियान्ता तथा विद्वानबीचको सहकार्यबाट सम्पदा फिर्ता ल्याउन प्रक्रिया सुरु गरिने जनाइएको छ ।
सन् १९५० देखि १९८० को दशकमा नेपाली सम्पदा हराएको अभिलेख विभागसँग रहेको अधिकृत सुवेदीले जानकारी दिइन् । अन्तर्राष्ट्रिय कानुनअनुसार कुनै पनि मुलुकको सम्पदा विश्वका अन्य देशमा रहेमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित मुलुकमा फिर्ता गर्नुपर्ने प्रावधान छ ।
विभिन्न देशका सङ्ग्रहालय, लिलामी घर वा निजी सङ्ग्रहमा पुगेको सम्पदा फिर्ता गराउँदा सम्बन्धित मुलुकले ढुवानी खर्च व्यहोर्ने व्यवस्था छ । अन्तरराष्ट्रिय तहमा बसेका नेपाली समुदाय, सम्पदा क्षेत्रमा क्रियाशील सङ्घसंस्थाले पनि सहयोग गर्दै आएका छन् ।
काठमाडौँ उपत्यकामा मध्यकालीन समयमा निर्माण भएका काष्ठकला, मूर्तिकला, प्रस्तरकला, वास्तुकलाका नमुना विशेषगरी विभिन्न मठमन्दिरमा सजिएका छन् । त्यसले तत्कालीन समाजको कलाशैली निर्माणको अवस्था अध्ययनमा सहयोग पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको वैचारिकीमा प्रदीपको प्रश्न, बालेन कडा जवाफ
-
ओयार्जाबालको दुई गोलसँगै पहिलो हाफमा साउदी अरेबियाविरुद्ध स्पेनको ३–० को दबदबा
-
स्पेनको आक्रामक सुरुवातमा यामलले खोले खाता, साउदी अरेबियाविरुद्ध ३–० को अग्रता
-
पश्चिम एसियामा सम्बन्ध सदाका लागि बदल्न सकिन्छ : अमेरिकी उपराष्ट्रपति
-
अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे
-
१० बजे १० समाचार : रविलाई नै सभापति चुन्ने तयारीमा रास्वपा, पार्टीमा विवाद नरहेको सन्देश प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण