महिलामाथि आक्रमण गर्ने जंगली हात्तीको दाह्रा निकालियो
पर्सा राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रभित्र विहिबार घाँस दाउरा गर्न गएकी स्थानिय महिलामाथि आक्रमण गर्ने जंगली हात्तीको दाह्रा काटिदिएको छ । निकुञ्जले आज बिहान प्राविधिक टोलीको सहयोगमा डार्ट विधिवाट जंगली हात्तीको दुईवटा दाह्रा निकालेको हो ।
निकुञ्जले विज्ञप्ती जारी गरेर जंगली हात्तीलाई बेहोस गरेर डार्ट विधिबाट दाह्रा निकालेर पुनः होस् आएपछि जंगलमा छोडिएको जनाएको हो । सो जंगली हात्तीले बिहीबार जितपुरसिमरा उपमहानगर वडा नं २१ कि ५१ वर्षिय रुकैया खातुनलाई मध्यवर्ती क्षेत्रभित्र बाख्रा चराउने क्रममा आक्रमण गरेर गम्भिर घाइते बनाएको थियो ।

उनको पछि उपचारको क्रममा मृत्यु भएको थियो । पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोकरामले जंगली हात्तीले करिव २० दिनदेखि अमलेखगञ्ज क्षेत्रमा स्थानीयहरुलाई त्रसित बनाएको र जंगली हात्तीको आक्रमणको जोखिम भएकोले बाध्य भएर डार्ट गरेर दाह्रा निकाल्नुपरेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण