दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
शनिबार, १२ कात्तिक २०७९, ०९ : ४८
तुलसीपुरको मदनआश्रित चोकमा भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१७ मजगैं निवासी २४ वर्षका रवि बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन गौतमले जानकारी दिए ।
गएराति पौने ९ बजे तुलसीपुर उपमहानगरपालिका – ६ को मदनआश्रित चोक नजिकै अनियन्त्रित भएर रा ७ प १६२९ नम्बरको मोटरसाइकल पल्टिदा बस्नेत घाइते भएका थिए ।
घाइते बस्नेतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ हजार शुल्क महँगो भएको प्रतिनिधिको गुनासो, तर भन्छन्, ‘भ्रष्टाचार रोक्न आफैँ खर्च गर्छौं’
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण