दार्चुला घटना : आफ्नो लापरबाहीले बालकको मृत्यु भएको भारतीय कम्पनीको स्वीकारोक्ति

आफ्नो लापरबाहीका कारण दार्चुलामा बालकको मृत्यु भएको भारतीय निर्माण कम्पनी गर्ग एण्ड गर्गले स्वीकार गरेको छ । शनिबार दुईपक्षीय छलफलका क्रममा आफूहरूको लापरबाहीका कारण ९ वर्षीय बालक पवन महराको मृत्यु भएको निर्माण कम्पनीले स्वीकार गरेको हो।
उक्त घटनामा भारतीय सडक निर्माण कम्पनीले आफ्नो गल्ती भएको स्वीकार गरेको व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले बताए । अध्यक्ष धामीका अनुसार भारतीय कम्पनीले मृतक पवनको परिवारका अन्य बालबालिकालाई कक्षा १२ सम्म पढाउने र परिवारको एक जनालाई कम्पनीमा रोजगारी दिने प्रारम्भिक सहमति भएको छ । तर, निजी कम्पनी भएकाले आफूहरूलाई रोजगारीभन्दा पनि उचित क्षतिपूर्ति दिनुपर्ने परिवारको माग छ ।
शुक्रबार जिल्लाको व्यास गाउँपालिका वडा नम्बर २ मा भारतीय पक्षले महाकाली नदीपारी सडक निर्माण गर्दैगर्दा नेपाली बालकमाथि ढुङ्गाले लागेको थियो ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा लुटपाट गर्ने गिरोहका दुई जना पक्राउ
-
तीनकुने घटनामा घाइते खत्रीलाई सहयोग रकम हस्तान्तरण
-
कविर जयन्तीको अवसरमा आज मधेस प्रदेशमा सार्वजनिक बिदा
-
छानबिन समिति गठन गर्न सत्तापक्ष तयार नभए विपक्षी दलहरूले आज पनि संसद् चल्न नदिने
-
बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक
-
सञ्चारकर्मी दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी