दार्चुला घटना : आफ्नो लापरबाहीले बालकको मृत्यु भएको भारतीय कम्पनीको स्वीकारोक्ति
आफ्नो लापरबाहीका कारण दार्चुलामा बालकको मृत्यु भएको भारतीय निर्माण कम्पनी गर्ग एण्ड गर्गले स्वीकार गरेको छ । शनिबार दुईपक्षीय छलफलका क्रममा आफूहरूको लापरबाहीका कारण ९ वर्षीय बालक पवन महराको मृत्यु भएको निर्माण कम्पनीले स्वीकार गरेको हो।
उक्त घटनामा भारतीय सडक निर्माण कम्पनीले आफ्नो गल्ती भएको स्वीकार गरेको व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले बताए । अध्यक्ष धामीका अनुसार भारतीय कम्पनीले मृतक पवनको परिवारका अन्य बालबालिकालाई कक्षा १२ सम्म पढाउने र परिवारको एक जनालाई कम्पनीमा रोजगारी दिने प्रारम्भिक सहमति भएको छ । तर, निजी कम्पनी भएकाले आफूहरूलाई रोजगारीभन्दा पनि उचित क्षतिपूर्ति दिनुपर्ने परिवारको माग छ ।
शुक्रबार जिल्लाको व्यास गाउँपालिका वडा नम्बर २ मा भारतीय पक्षले महाकाली नदीपारी सडक निर्माण गर्दैगर्दा नेपाली बालकमाथि ढुङ्गाले लागेको थियो ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण