शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाँच वर्षमा एमालेले विकासका नाउमा गफ दियो : रमेश लेखक

मङ्गलबार, १५ कात्तिक २०७९, १७ : ०१
मङ्गलबार, १५ कात्तिक २०७९

नेपाली कांग्रेसका नेता रमेश लेखकले बितेको पाँच वर्षमा एमालेले जनतालाई विकासका नाउमा गफ मात्रै दिएको आरोप लगाएका छन् । कञ्चनपुर – ३ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका लेखकले एमालेका अध्यक्ष केपी शर्मा ओलीका गलत क्रियाकलापका विरुद्ध गठबन्धन लडिरहेको बताए ।

‘गएको निर्वाचनपछि ओलीजी प्रधानमन्त्री भएपछि संविधान भत्काउने र अहिलेको व्यवस्था कमजोर बनाउने काम गर्नुभयो,’ लेखकले भने ‘ओलीजीले घर–घरमा पुर्‍याउँछु भनेको ग्याँसको पाइप दोधारा चाँदनीमा तपाईंहरु कतिको घरमा पुग्यो  ?’

मंगलबार दोधारा चादँनीमा घरदैलो कार्यक्रममा उनले समुन्द्र नभएको मुलुकमा पानी जहाज ल्याउने गफ ओलीले दिएको बताए ।  बितेको पाँच वर्षमा विकासका कुनै काम यहाँ भएको भए मलाई देखाउनुहोस्,’ उनी भन्छन्, ‘कञ्चनपुर लगायत सुदूरपश्चिममा हामीले गरेको विकासका हिसाब हामी दिन सक्छौँ ।’

विगतका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र आफूहरू मन्त्री भएका बेला कञ्चनपुर– ३ मा विकास भएको उनको दाबी थियो । चुनावी घरदैलो कार्यक्रममा कञ्चनपुर – ३ को (२) का उम्मेदवार बेलबहादुर रानाले यहाँबाट निर्वाचन जित्ने एमालेका नेताहरुले कुनै काम नगरेको जिकिर गरे ।

‘यहाँबाट पाँच वर्षमा दुई जना एमालेबाट माननीय भए तर काम सिन्को भाँचेनन्,’ रानाले भने, ‘हामी चुनाव जितेर फर्केर नआउने पार्टीका नेता होइनौ, पराजित हुँदा होस् वा जित्दा घर दैलोमा आएकै छौं ।’ आफू प्रदेशसभाको पाँच दलको साझा उम्मेदवार भएको बताउँदै रानाले महाकालीमा झोलुङ्गे पुल, पक्की पुलदेखि नदी कटान नियन्त्रण लगायतका विकास गर्ने पार्टी कांग्रेस नै रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप