ओली महेन्द्रनगरमा झुटको खेती गरेर फर्किए : लेखक
नेपाली कांग्रेसका नेता एवं पुर्वमन्त्री रमेश लेखकले एमाले अध्यक्ष केपी शर्मा ओली महेन्द्रनगरमा झुटको खेती गरेर फर्किएको बताएका छन् ।
शुक्रबार महेन्द्रनगरमा नेकपा एमालेद्वारा आयोजित चुनावी सभामा ओलीले महाकाली नदीमा निर्माण भएको पुल आफूले बनाएको दाबी गर्दै भाषण गरेका थिए । अध्यक्ष ओली जस्तो मुलुकको ठुलो नेताले झुट बोलेको भन्दै शनिबार चुनावी घरदैलोमा रहेका क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेता लेखकले ओलीले पुल बनाए भन्दा आफू खुसी भएको भन्दै व्यङ्ग्य गरे ।
भीमदत्त नगरपालिका–१५ मा घरदैलोका क्रममा नेता लेखकले आफू भौतिक पूर्वाधार मन्त्री हुँदा साढे चार अर्ब बजेट ल्याएर बनाएको पुललाई ओलीले श्रेय लिन खोजेर झुटको खेती गरेको आरोप लगाए । “ माओवादीका साथीहरूले बरु हामीले पुल बनायौँ भन्दा त्यो बेला प्रधानमन्त्री प्रचण्ड थिए, त्यो सत्य कुरा हो ।” उनले भने–“ एमालेको मन्त्रीसम्म नभएका बेला ओलीले कहाँबाट पुल बनाए ।”
यति ठुलो नेताले झुट बोल्दा आफूले यहाँ पुल निर्माण गरेर ठुलै काम गरेको रहेछु भन्ने चित्त बुझाइले खुसी भएको लेखको भनाई छ । “ मैले ठुलो काम गरेको रहेछु भनेर ओलीको झुटपछि म खुसी भए ।” उनले भने–“ भारतबाट रेल, चीनबाट रेल देशभर रेलैरेल गुडाउने ओलीका गफ मात्रै भए ।”
उनले सक्ने काम गर्ने आश्वासन दिन ओलीलाई सुझाव दिँदै झुट नबोल्न आग्रह गरे । यहाँ ओली सरकारमा नगरपालिकामा ५०÷५२ करोडको घोटाला भएको भन्दै लेखकले त्यो क्लियर गर्न आग्रह समेत गरे ।
“ जै घरको बुढो बौलियो, कुडो बौलियो, जसको घरमा मुली नै झुट बोल्छ उसको घरका अरू साँची बोल्न र ।” उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण