पीएम कप : पहिलो सेमिफाइनलमा एपीएफ र मधेस प्रदेश भिड्दै
बिहीबार, २४ कात्तिक २०७९, ०८ : ३४
विभागीय टोली नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा मधेस प्रदेशको सामना गर्दैछ ।
कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो सेमिफाइनलमा खेल बिहान ९:३० बजे सुरु हुनेछ । एपीएफ क्लब समूह ‘ए’ को विजेता भएर सेमिफाइनल प्रवेश गरेको थियो । मधेस समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो ।
आजको खेलमा जित निकाल्दै मधेस प्रदेश फाइनलमा पुग्ने योजनामा छ । प्रधानमन्त्री कपमा मधेस प्रदेश पहिलो पटक फाइनलमा पुग्ने योजनामा छ । यता एपीएफ पनि आजको खेलमा जित निकाल्दै उपाधि नजिक हुने योजनामा छ ।
दोस्रो सेमिफाइनलमा शुक्रबार दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी खेल्नेछन् । प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा दुई दिनमा १ अर्ब ५७ करोड खर्च
-
राजेन्द्र राईकाे अभिव्यक्ति संसदकाे अभिलेखबाट हटाउन निर्देशन
-
बजेट आजै पारित हुने, मन्त्रिपरिषद्बाट बजेट संशोधन गर्न कार्यदल गठन
-
१५ वर्षे किशोरको शंकास्पद मृत्यु प्रकरण, वडा अध्यक्ष पक्राउ
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, को होला मुख्यसचिव ?
-
रेखा पौडेल कम्बोडियाको क्लबमा आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण