राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडी नगदसहित पुरस्कृत
पोखरा महानगरपालिकाले नवौँ राष्ट्रिय खेलकुदमा पदक प्राप्त गर्ने खेलाडीलाई सम्मान गरेको छ । राष्ट्रिय खेलकुदमा सहभागी भएर पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी एक सय ९२ जनालाई सम्मान गरिएको हो ।
स्वर्ण पदक विजेता ३५, रजत पदक विजेता ३२ र कास्य पदक विजेता ८५ खेलाडीलाई सम्मानसहित क्रमशः जनही रु १५ हजार, रु १० हजार र कास्य रु पाँच हजार प्रदान गरिएको थियो ।
यसैगरी ३६ टोली व्यवस्थापक र ४० प्रशिक्षकलाई समेत सम्मान गरिएको थियो । महानगर प्रमुख धनराज आचार्यले खेलाडीलाई प्रदान गरिएको रकम सानो भए पनि हौसला बढाउन सहयोगी हुने विश्वास व्यक्त गरे । खेलाडीको खेल जीवनको निरन्तरताका लागि आवश्यक सहयोग गर्न महानगरपालिका प्रतिबद्ध रहेको उनले बताए ।
पोखरालाई पर्यटनको राजधानी बनाउने अभियानमा महानगरको टोली रहेको चर्चा गर्दै नगर प्रमुख आचार्यले खेलमार्फत पर्यटन प्रवर्द्धनसहित यहाँ आवश्यक पूर्वाधार निर्माण गरिने जानकारी दिए ।
महानगरले अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा पोखरामा आयोजना गर्न लागेको ‘टुर दि पोखरा’ कार्यक्रमका क्रममा आगामी पुस ६ गते दोस्रो संस्करणको राष्ट्रिय मेयरकप साइकल दौड प्रतियोगिता, २०७९ गर्ने जनाएको छ । पोखरा–१७ रानीवनबाट सुरु हुने उक्त प्रतियोगितामा देश तथा विदेशका साइकल यात्रीको सहभागिता रहने भएका छन् ।
गण्डकीका विजेतालाई परिषदले सम्मान गर्ने
यसैगरी राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीलाई गण्डकी प्रदेश खेलकुद परिषदले नगदसहित सम्मान गर्ने भएको छ । कार्यकारी समितिको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको परिषदका सदस्यसचिव घनश्याम पौडेलले जानकारी दिए ।
उनका अनुसार मङ्सिर तेस्रो साताभित्रै खेलाडीलाई नगदसहित सम्मान गरिनेछ । खेलाडीसँगै खेल प्रशिक्षक, व्यवस्थापक र खेल सङ्घलाई समेत सम्मान गरिने जनाइएको छ । गण्डकी प्रदेशका तर्फबाट पदक विजेता खेलाडीलाई सम्मान गर्न परिषदले कार्यविधिसमेत तयार गरिसकेको जानकारी गराउँदै उनले सम्मान कार्यक्रमको व्यवस्थापन गर्न कार्यकारी सदस्य दिलबहादुर गुरुङको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको बताए ।
गत असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेश प्रदेशस्तरमा प्रथम भएको थियो । गण्डकी विभागीय टोली पछि समग्रमा चौथो स्थान हासिल गरेको थियो । गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५८ कास्य पदक प्राप्त गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण