सेनाले सञ्चालनमा ल्यायो एकीकृत निर्वाचन सुरक्षा कक्ष
नेपाली सेनाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा केन्द्र, प्रदेश र जिल्लामा एकीकृत निर्वाचन सुरक्षा कक्ष स्थापना गरी सञ्चालनमा ल्याएको छ । मतदानस्थल सुरक्षा, मतदान सामग्री ढुवानी, जगेडा, हवाई गस्तीलगायत निर्वाचनसम्बन्धी सम्पूर्ण सुरक्षाका लागि करिब ७५ हजार जनशक्ति खटिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
निर्वाचन सुरक्षार्थ सात सय ७९ स्थानमा फौज परिचालित भई तैनाथ भइसकेको जानकारी दिइएको छ । सेनाले मतदानस्थलमा बाहिरी घेरामा रही सुरक्षा प्रदान गर्ने छ । सेनाले निर्वाचन सुरक्षाका सन्दर्भमा हालसम्म आठ सय ३२ बम डिस्पोजन टोली परिचालन गरिसेको छ भने बाँकी एक सय ४३ टोली तयारी अवस्थामा रहेको जानकारी दिएको छ ।
निर्वाचन आयोग परिसरमा निर्वाचन प्रयोजनका लागि आवश्यक सामग्री प्याकिङ गर्न खटिएका एक सय सैनिक जनशक्तिले सुम्पिएको कार्य जिम्मेवारी पूरा गरी युनिटमा फिर्ता भइसकेको छ । आगामी निर्वाचनका लागि हिमाली जिल्ला जुम्ला, मुगु, हुम्ला, मनाङ, मुस्ताङ, डोल्पा र बाजुरामा सेनाको हवाई साधनद्वारा मतपत्र ढुवानीको कामसमेत पूरा भइसकेको छ ।
यसअघि सेनाकै सुरक्षामा सम्पूर्ण मतपत्र छपाइको काम भएको हो । उक्त मतपत्र सुरक्षाका लागि खटिएका एक सय ४३ सैनिक जनशक्तिमध्ये आइतबारबाट अत्यावश्यकबाहेक अन्य फिर्ता हुने निर्देशनालयले जनाएको छ । सेनाले हाल एक सय छ महत्वपूर्ण संरचना, कारागार, विमानस्थलमा तैनाथ रहेकामा केही दिनभित्रै थप पाँच कार्यस्थलमा खटिँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कवाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीकाे नियन्त्रणमा
-
मुहर्रम पर्वका बेला नक्कली हतियार देखाएर आतङ्क फैलाउने युवक पक्राउ
-
दोस्रो संस्करणको इन्डियन एम्बासेडर्स क्रिकेट सफलतापूर्वक सम्पन्न
-
कसरी उठ्यो अफ्रिका ? किन चुक्यो एसिया ?
-
३८ जना नेता–कार्यकर्ताले छाडे नेकपा (माओवादी)
-
अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण