आन्तरिक वायुसेवा कम्पनी : सुगममा जोड, दुर्गममा अनिच्छुक
हवाई नीतिमा वायुसेवा प्रदायक कम्पनीहरूले दुर्गम क्षेत्रमा अनिवार्य उडान गर्नुपर्ने व्यवस्था भए पनि नेपालका अधिकांश कम्पनी त्यसमा अनिच्छुक रहँदै आएका छन् । लाइसेन्स लिने बेला दुर्गममा अनिवार्य उडान गर्ने प्रतिबद्धता व्यक्त गरेका कम्पनीहरू सुगममै सीमित हुँदा नियामक निकाय संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले भने चासो नदिएको गुनासो छ ।
‘सुगममा हवाई उडान गर्ने कम्पनीहरूले एकातिर हवाई नीतिको व्यवस्था र अर्कोतर्फ सामाजिक उत्तरदायित्वको नियमअनुसार दुर्गम क्षेत्रमा उडान भर्नुपर्ने हो,’ जुम्लाका हरि बुढाले भने, ‘तर, नेपालमा सुगम रुटमा उडान गरेर मस्त कमाइरहेका कम्पनीलाई न नीति न सामाजिक उत्तरदायित्वले नै निर्देशित गर्न सक्यो ।’ देशभर हवाई सेवा दिँदै आएका ९ विमान कम्पनीमध्ये बुद्ध, श्री, सौर्य, यतीलगायतले दुर्गममा सेवा दिएका छैनन् । यतीको अर्को कम्पनी तारा एयरलाइन्ससँगै समिट र सीता तथा सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले भने दुर्गमका विमानस्थलमा उडान भर्ने गरेका छन् । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
-
५० हजार विद्युत् मिटर सातै प्रदेशमा पठाइयो, नयाँ मिटरका लागि निवेदन दिन आग्रह
-
स्कुल बसले किच्दा बालिका र सहचालकको मृत्यु
-
पशुपति दर्शन गर्न आउने दर्शनार्थी र यात्रु लुट्ने दुई जना भारतीय नागरिक पक्राउ
-
कवाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीकाे नियन्त्रणमा
-
मुहर्रम पर्वका बेला नक्कली हतियार देखाएर आतङ्क फैलाउने युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण