पत्रपत्रिका
पोखरा–जोमसोम हवाई रुटमा मौसमबारे जानकारी दिने क्यामरा
बुधबार, ३० कात्तिक २०७९, ०६ : ०१
नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा–जोमसोम हवाई रुटमा उडान सुरक्षाका लागि तीन ठाउँमा मौसमबारे जानकारी दिने क्यामरा राख्ने भएको छ । प्राधिकरणले कालीगण्डकी कोरिडोरअन्तर्गत माहुरेडाँडा, कुटुका र लेतेमा मौसमबारे जानकारी दिने क्यामरा जडान गर्न लागेको हो ।
क्यामरा जडानका लागि महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । माहुरीडाँडा, कटुका र लेतेमा जडान गरिने मौसमी जानकारी दिने क्यामराको परीक्षण सफल भएमा अन्य विमानस्थलमा समेत सेवा विस्तार गरिने उनले बताए । उनले भने, “पोखरा–जोमसोम हवाईमार्गको समुद्री सतहबाट दुई हजार तीन सय मिटरदेखि तीन हजार तीन सय मिटर अग्लो स्थानमा आविष्कार केन्द्रले उक्त अत्याधुनिक क्यामरा जडान गर्नेछ ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
-
५० हजार विद्युत् मिटर सातै प्रदेशमा पठाइयो, नयाँ मिटरका लागि निवेदन दिन आग्रह
-
स्कुल बसले किच्दा बालिका र सहचालकको मृत्यु
-
पशुपति दर्शन गर्न आउने दर्शनार्थी र यात्रु लुट्ने दुई जना भारतीय नागरिक पक्राउ
-
कवाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीकाे नियन्त्रणमा
-
मुहर्रम पर्वका बेला नक्कली हतियार देखाएर आतङ्क फैलाउने युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण