यूएईसँगको दोस्रो एकदिवसीय क्रिकेट आज, नेपाललाई सिरिज जोगाउने चुनौती
बुधबार, ३० कात्तिक २०७९, ०८ : १२
नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज बुधबार युएईसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।
नेपाललाई आजको खेलमा जित निकाल्दै सिरिज जोगाउने चुनौती छ । पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो । घरेलु टोली नेपालविरुद्ध युएईविरुद्ध लगातार दोस्रो जित निकाल्दै सिरिज आफ्नो बनाउने योजनामा छ ।
तीन खेलको सिरिजमा युएई १–० ले अघि छ । आजको खेल जितेमा युएईले सिरिज आफ्नो बनाउनेछ । तर, नेपाल दोस्रो खेलमा जित निकाल्दै सिरिज १–१ को स्थितिमा ल्याउन चाहन्छ ।
दुई टोलीबीच हालसम्म ७ एकदिवसीय खेल भएका छन् । जसमा नेपाल मात्र २ खेलमा विजयी भएको छ । यूएई ५ पटक विजयी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
-
बागमती प्रदेश सरकारद्वारा ७ जना विपन्न विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
-
असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण