नवलपरासीमा ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते
बुटवल। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को बर्दघाट नगरपालिका–४ मा ईभी भ्यान र ट्रक एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।
बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०८–००१ ज ००९४ नम्बरको ईभी भ्यान र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ३४६० नम्बरको ट्रक मंगलबार दिउँसो एकआपसमा ठोक्किएर दुर्घटना भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले जनाएको छ।
दुर्घटनामा काठमाडौं महानगरपालिका–१०, कपनका ३३ वर्षीय बद्री मगर, काठमाडौंको स्वयम्भूका २५ वर्षीय नेत्रलाल नेवा, भारतको बैंगलोर निवासी ६५ वर्षीय जगदिश बीएल, चितवनको कालिका नगरपालिका–३ पदमपुरकी ६५ वर्षीया यनु मगर, रुपन्देहीको बुटवल उपमहानगरपालिका–४ अमरपथका ४० वर्षीय रुप गुरुङ, ईभी भ्यानका सहचालक ३५ वर्षीय गोविन्द थापा, चालक बुटवल उपमहानगरपालिका–१२ ढवाहका ४४ वर्षीय कृष्ण थापा, गुल्मीको इस्मा गाउँपालिका–६ का २१ वर्षीय किरण मुखिया, भारतको बैंगलोर, कर्नाटक निवासी ६१ वर्षीय नन्जुण्डे गोडा तथा बुटवल उपमहानगरपालिका–१७ का २८ वर्षीय प्रकाश भट्टराई घाइते भएका छन्।
घाइतेमध्ये चार जनालाई उपचारका लागि देवदह मेडिकल कलेज, भलुही, रुपन्देही लगिएको छ। अन्य घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका वरिष्ठ सई ज्ञानु पाण्डेयका अनुसार ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अशोक यादवमाथिको प्रहरी व्यवहारप्रति नेकपाको आपत्ति
-
ट्रम्पले जस्तो व्यावहार देखाए पनि मेलोनीले मुस्कानसहित अभिवादन गर्ने
-
बङ्गलादेशमा पहिरोमा ९ जनाको मृत्यु, रोहिङ्ग्या शरणार्थी शिविरमा ८ जनाको ज्यान गयो
-
भागबण्डा मिलेपछि गण्डकी प्रज्ञा प्रतिष्ठानले पूर्णता पायाे
-
स्वास्थ्यमन्त्रीविरूद्ध टिप्पणी गरेका अधिकारी भन्छन्, ‘श्रम शोषणको आवाज दबाउन पक्राउ गरियो’
-
अर्जेन्टिनाको इतिहासमाथि धावा बोल्ने इजिप्टको सपना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण