असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने
सारांश
- राहदानी विभागले असार २५ र २६ गते राहदानी सम्बन्धी नियमित सेवाहरू स्थगित गर्ने भएको छ ।
- यद्यपि, विभागमा तयार भइसकेका राहदानी वितरण कार्य भने सुचारु रहनेछ ।
- विभाग असार २९ गतेदेखि हालको प्रणालीबाट नयाँ प्रणालीमा पूर्ण रूपमा जाने तयारीमा छ ।
काठमाडौँ । राहदानी विभागले आफ्नो सेवा प्रवाहलाई नयाँ प्रणालीमा लैजाने तयारी गरेसँगै आगामी दुई दिन नियमित सेवाहरू बन्द रहने भए पनि अन्य सेवाहरू सुचारु राख्ने बताएको छ । विभागले बुधवार सूचना जारी गर्दै असार २५ र २६ गते राहदानी सम्बन्धी नियमित सेवाहरू स्थगित हुने र विभागमा तयार भइसकेका राहदानी वितरण कार्य भने सुचारु हुने जानकारी दिएको हो ।
विभागका अनुसार, आगामी असार २९ गतेदेखि हालको प्रणालीबाट नयाँ प्रणालीमा पूर्ण रूपमा जाने तयारी भइरहेको छ । सोही प्रणाली स्तरोन्नतिको कामलाई मध्यनजर गर्दै असार २५ र २६ गते सेवाहरू बन्द गरिन लागिएको विभागले जनाएको छ ।
विभागले सूचनामा आफ्नो मोबाइलमा राहदानी सङ्कलनका लागि जानकारीमूलक सन्देश प्राप्त गरिसकेका सेवाग्राहीहरूलाई सो अवधिमा विभागमा सम्पर्क गरी आफ्नो राहदानी लिन अनुरोध गरेको छ ।
नयाँ प्रणाली कार्यान्वयनमा आएसँगै सेवा थप प्रभावकारी, सुरक्षित र सेवाग्राहीमैत्री हुने विभागले जनाएको छ । विभागले यसअघि नै असार १९ गते सूचना जारी गरी सेवा अवरुद्ध हुनेबारे जानकारी गराइसकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा बहराइन र कुवेतस्थित ८५ अमेरिकी सैन्य स्थलमा मिसाइल र ड्रोन आक्रमण
-
४ वर्षपछि घरेलु मैदानमा वेस्टइन्डिजको ऐतिहासिक जित
-
अमेरिकी नाकाबन्दीविरुद्ध समर्थन गर्न विश्व समुदायलाई क्युबाको अपिल
-
कलाकार शारदा गिरी ‘काली बुढी’लाई ‘दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार’ दिइने
-
अभिषेक गिरीले कसरी जोडे जताततै घरजग्गा ?
-
सुन प्रतितोला ९ सय रुपैयाँ घट्यो, चाँदी ५५ रुपैयाँ सस्तो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण