निर्वाचनका लागि काठमाडौँ बाहिरिनेको सङ्ख्या बढ्यो
आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिनेको सङ्ख्या ह्वात्तै बढेको छ । निर्वाचनका लागि मतदान गर्न शैक्षिक आर्जन तथा रोजगारीका लागि काठमाडौँ उपत्यकामा रहेका गाउँघर फर्कन थालेका हुन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्ला केही दिनमा उपत्यकाका मुख्य नाकाबाट बाहिरिनेको सङ्ख्यामा वृद्धि भएको जनाएको छ । नयाँ बसपार्क, कलङ्की, बल्खु, कोटेश्वरलगायत स्थानमा टिकट काट्ने सर्वसाधारण दिनदिनै बढ्दै गएका छन् । ट्राफिक प्रहरीले पछिल्ला दिन गाडी रिजर्भ गरेर जानेको सङ्ख्यासमेत बढेको जनाएको छ । निर्वाचन मुखमा विभिन्न राजनीतिक दलले मतदातालाई गाडी रिजर्भ गरेर लैजाने गरेको पाइएको छ । यातायात व्यवसायीका अनुसार हिजो बुधबार र आज बिहीबार काठमाडौँ उपत्यकाबाहिर जाने बस बढी मात्रमा रिजर्भ भएका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
-
५० हजार विद्युत् मिटर सातै प्रदेशमा पठाइयो, नयाँ मिटरका लागि निवेदन दिन आग्रह
-
स्कुल बसले किच्दा बालिका र सहचालकको मृत्यु
-
पशुपति दर्शन गर्न आउने दर्शनार्थी र यात्रु लुट्ने दुई जना भारतीय नागरिक पक्राउ
-
कवाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीकाे नियन्त्रणमा
-
मुहर्रम पर्वका बेला नक्कली हतियार देखाएर आतङ्क फैलाउने युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण