पैसा बाँडेको आरोपमा काठमाडौं–५ का प्रदेशसभाका एमाले उम्मेदवार पक्राउ
शुक्रबार, ०२ मङ्सिर २०७९, २३ : ०५
मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलालाई पक्राउ गरेको छ । निरौलासहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदिप डंगोल छन् । उनीहरूलाई अहिले प्रहरी प्रभाग बुढानिलकण्ठमा राखिएको छ ।
उनीहरू हात्तिगौंगास्थित युरो स्कुल नजिकैबाट पक्राउ परेका हुन् । उनीहरुले पैसा बाँड्न लागेको सुराक पाएपछि प्रहरीले पिछा गरेको थियो । काठमाडौं–५ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमाले नेता ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन् । निरौला नेकपा एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३९ लाख ठगीको अभियोगमा पक्राउ
-
तेहरानमा हमास र हिज्बुल्लाहका प्रतिनिधिमण्डलसँग अराघचीको भेटवार्ता
-
कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना
-
यातायात सेवा कार्यालय विस्तार गर्ने विषयमा बागमतीका मुख्यमन्त्री र यातायातमन्त्रीबिच मतभेद
-
प्रणाली सुधार्ने खालको मौद्रिक नीति ल्याउन आवश्यक छ : पूर्वगभर्नर नेपाल
-
दैलेख पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण