यू–१९ क्रिकेट सुदूरपश्चिम प्रदेश छनोट : २२ खेलाडी बन्द प्रशिक्षणमा
वाइवाइ यू–१९ पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटअन्तर्गत २२ खेलाडी बन्द प्रशिक्षणमा छन् ।
कात्तिक २५ देखि मङ्सिर १ गतेसम्म महेन्द्रनगरमा छनोट प्रतियोगिता भएको थियो । उक्त छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा छनोट समितिले अन्तिम २२ जनाको नामावली सङ्घलाई बुझाएको जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले बताए।
छनोट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका आठ जिल्लाका टोलीको सहभागिता रहेकामा फाइनल खेलमा डडेल्धुरालाई आठ विकेटले पराजित गर्दै कञ्चनपुरले उपाधि हात पारेको थियो ।
बन्द प्रशिक्षणमा कञ्चनपुरका हेमन्त धामी, मिलन बोहरा, अनुराग सिंह, राहुल चन्द, आकाश चन्द, डडेल्धुराका दीपक बोहरा, विशाल ऐर, कैलाश ऐर, सचिन साउद, बैतडीका दीपक बोहरा, गजेन्द्र बोहरा, प्रदीप चन्द, सुनिल चन्द, दार्चुलाका विपिन धामी, वीरेन बम, कैलालीका टेक रावत, दिनेश ओड, नरेन साउद, डोटीका किष्ण ऐर, अछामका युवराज खत्री र बझाङका सन्जे बोहरा छन् ।
जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका अध्यक्ष चन्दले शुक्रबारदेखि खेलाडी बन्द प्रशिक्षणमा रहेको बताए । “प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा सुदूरपश्चिम प्रदेशको टोली बनाइने छ”, उनले भने, “उक्त टोलीले राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछ ।” नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर ८ गतेदेखि काठमाडौँमा वाइवाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
-
बागमती प्रदेश सरकारद्वारा ७ जना विपन्न विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
-
असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण