विश्वकप फुटबल आजदेखि, उद्घाटन खेलमा कतारले इक्वेडरको सामना गर्ने
फुटबलको महाकुम्भ मेला विश्वकप आजदेखि कतारमा सुरु हुँदैछ । आयोजक राष्ट्र कतारले आइतबार इक्वेडरसँग खेलेलगत्तै विश्वकपको २२ औँ संस्करण सुरु हुनेछ । उद्घाटन खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ । विश्वकपका लागि छनोट भएका उत्कृष्ट ३२ राष्ट्रका खेलाडी आफ्ना समर्थकको साथसहित मैदानमा बलियो उपस्थिति देखाउने प्रयत्नमा हुनेछन् ।
कतार विश्वकपमा ३२ राष्ट्र सहभागी हुने अन्तिम विश्वकप हुनेछ । अमेरिका र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने विश्वकपको अर्को संस्करणमा ४८ राष्ट्रको सहभागिता रहने भएको छ । ३२ टिमले २९ दिनमा कुल ६४ खेल खेलेपछि विश्वकपको समापन लुसैल रङ्गशालामा हुनेछ ।
यस संस्करणलाई यस पुस्ताका दुई सर्वश्रेष्ठ खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीको अन्तिम विश्वकपका रूपमा पनि लिइएको छ । अब यी दुई खेलाडीलाई विश्वकपको मैदानमा पुनः नदेखिने प्रायः पक्का छ । रोनाल्डो र मेसी मात्र होइन, रोबर्ट लेवान्डोस्की, लुइस सुवारेज, लुका मोड्रिच, डानी अल्भेज, म्यानुअर नुअर र थोमस मुलरजस्ता विश्वप्रसिद्ध फुटबलरको पनि अन्तिम विश्वकपका रूपमा हेरिँदै छ ।
विश्वकपको मञ्चमा हुने श्रेष्ठताको लडाइँमा यसपालि ब्राजिल र अर्जेन्टिनालाई प्रमुख उपाधि दाबेदारका रूपमा लिइएको छ । त्यसपछि फ्रान्स, इङ्ग्ल्यान्ड र स्पेनलाई पनि विश्वकप जित्न सक्ने टिमका रूपमा आकलन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
-
बागमती प्रदेश सरकारद्वारा ७ जना विपन्न विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
-
असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण