‘मेरो नङमा रङमात्रै हो, भोट बुहारीले हाली’
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ४ भैरवस्थानको भैरव माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै मतादन सुरु भयो । बुढापाकाहरु आफन्तको सहारामा मतकेन्द्रमा पुगेका थिए ।
यही क्षेत्रबाट मतदान गर्दै थिए एमाले कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेल । कँडेलले आफ्नो मताधिकार प्रयोग गरेर बाहिर निस्किए । त्यस लगत्तै सोही वडाको गैरी टोलकी ७० वर्षीय शान्ता खनाल आफ्नी बुहारीलाई साथ लिएर मतकेन्द्रमा पुगिन् । निस्कँदा उनी एक्लै लौरोको सहारामा निस्किइन् ।
‘भोट हाल्नुभयो त आमै ?’ रातोपाटीको प्रश्नमा उनले भनिन्, ‘मेरो नङमा त रङमात्रै हो बाबै, भोट त बुहारीले हाली !’
उनले आफ्नो भोट कसलाई गयो भन्ने कुराको जानकारीसमेत पाएकी रहिनछिन् । ‘म पञ्चायतकालदेखिनै भोट हाल्दै आएकी छु,’ उनले भनिन्,‘ पहिला दैलेख हुँदा आफै भोट हाल्थेँ, यहाँ आएपछि तीन वटा चुनावमा बुहारीले नै मेरो भोट हाली ।’
शान्तको पुर्ख्यौली घर दैलेखको नारायण नगरपालिकाको नयाँ बजार रहेछ । सुर्खेत आएदेखि उनले तीन वटा संसदीय चुनावमा मतदान गरेको तर तीनै पटक आफ्नोतर्फबाट बुहारीले मत दिएको बताइन् ।
यद्यपि संघीयतापछिका कुनै पनि चुनावमा उनले आफूले चाहेको दल र नेतालाई भोट दिन नपाएको गुनासो पोखिन् । नेताहरुले आफूले चाहेजस्तो गरी देशमा परिवर्तन गर्न नसकेको उनको गुनासो छ । ‘परिवर्तन यस्तै त हो, आ–आफ्नो स्वार्थ हेर्छन्, हामीलाई हेर्दैनन्,’ उनले भनिन्, ‘भोट त परिवर्तनका लागि हालेकी हुँ ।’
आज कुन उद्देश्यका साथ भोट हाल्नुभयो ? भन्ने प्रश्नमा मुसुस्क मुस्कुराउँदै उनले भनिन्, ‘आज त मलाई केही थाहा भएन, बुहारीले भोट हाली, मसीचाहिँ मेरै नङमा लाग्यो, भोट केमा गयो भन्नेचाहिँ मलाई थाहा भएन ।’
शान्ताले आफ्नो बस्तीमा सडक र खानेपानीको समस्या रहेको बताइन् । भोट हालेर जितेको नेताले उक्त समस्या समाधान गर्नेअपेक्षा समेत उनले गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात
-
बागमती प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा घटेन
-
बाँकेमा दुई व्यवसायीलाई जरिवाना र सजाय
-
यमनमा फेरि युद्धको जोखिम बढ्दै, हुथी विद्रोहीका लागि किन फरक हुन सक्छ यो पटकको संघर्ष ?
-
प्रस्तावित निर्वाचन आयुक्त सुब्बालाई सभापति श्रेष्ठको प्रश्न, ‘तपाईंको बिदाइको भाषण कस्तो होला?’
-
नेपाल केरामा आत्मनिर्भर उन्मुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण