प्रस्तावित निर्वाचन आयुक्त सुब्बालाई सभापति श्रेष्ठको प्रश्न, ‘तपाईंको बिदाइको भाषण कस्तो होला?’
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बालाई उनको भावी कार्यक्षमता र निष्ठाप्रति लक्षित गर्दै प्रतीकात्मक प्रश्न गरेका छन् ।
- सभापति श्रेष्ठले डा. सुब्बालाई उनको कार्यकालपछिको अवकाशको दिनलाई परिकल्पना गर्दै कार्यसम्पादन कस्तो रहला भन्ने जिज्ञासा राखेका हुन् ।
- श्रेष्ठले डा. सुब्बाको अवकाशपछिको बिदाइ समारोहमा आफूले गर्ने भाषणको विषयलाई लिएर सोधेको प्रश्नले प्रस्तावित आयुक्तको भावी कार्ययोजना र त्यसको प्रभावकारिताप्रति समितिको चासोलाई दर्शाउँछ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित आयुक्त डा. राजीव सुब्बालाई उनको भावी कार्यक्षमता र निष्ठाप्रति लक्षित गर्दै प्रतीकात्मक प्रश्न गरेका छन् ।
मंगलबार संसदीय सुनुवाइ समितिमा प्रस्तावित निर्वाचन आयुक्त डा. सुब्बाको सुनुवाइका क्रममा सभापति श्रेष्ठले उनको कार्यकालपछिको अवकाशको दिनलाई परिकल्पना गर्दै कार्यसम्पादन कस्तो रहला भन्ने जिज्ञासा राखेका हुन् ।
श्रेष्ठले डा. सुब्बालाई सोधे, ‘हजुरको बिदाइको दिन म सांसद नरहे पनि मलाई बोलाउनुहोला । त्यो दिन मैले तपाईंको कार्यकाल र व्यक्तित्वका बारेमा कस्तो भाषण गर्छु होला भन्ने केही अनुमान गर्नुभएको छ?’
प्रस्तावित आयुक्त सुब्बालाई आफ्नो बिदाइका लागि एक मिनेटको भाषण कस्तो हुन्छ भनेर ड्राफ्ट गरिदिन सक्नुहुन्छ भन्दै सभापति श्रेष्ठले प्रश्न गरेका थिए ।
प्रस्तावित आयुक्तको कार्यकाल परिकल्पना गर्दै सभापति श्रेष्ठले भने, ‘तपाईंले उमेरका हिसाबले अझै करिब ६ वर्ष काम गर्न पाउनुहुन्छ, होइन? त्यसो भए तपाईंको कार्यकाल करिब २०८९ सालसम्म पुग्ने रहेछ, हाम्रोभन्दा अलि लामो । मैले एउटा दृश्य कल्पना गरेको छु । तपाईं अवकाश लिने वा अन्तिम बिदाइ हुने दिन, सायद हामी सांसद नभए पनि बिदाइ कार्यक्रममा बोलाउनुहुन्छ होला ।’
आफ्नो जिज्ञासा राख्दै उनले थपे, ‘त्यो दिन म उपस्थित भएर तपाईंको बारेमा एक मिनेट बोल्नुपऱ्यो भने, मैले कस्तो भाषण गर्ला भन्ने तपाईंले कहिल्यै अनुमान गर्नुभएको छ?’
सुब्बाको अहिलेसम्मको निष्ठाको प्रशंसा गर्दै उनले भने, ‘आजसम्म तपाईंविरुद्ध एउटा पनि उजुरी छैन । हामीलाई पनि त्यसमा गर्व लागेको छ । त्यसैले, तपाईंको बिदाइका दिन मैले तपाईंको बारेमा दिने एक मिनेटको भाषण कस्तो हुनसक्छ, त्यसको एउटा ड्राफ्ट तयार गरिदिनुहोस् ।’
सभापति श्रेष्ठले डा. सुब्बाको अवकाशपछिको बिदाइ समारोहमा आफूले गर्ने भाषणको विषयलाई लिएर सोधेको यो प्रश्नले प्रस्तावित आयुक्तको भावी कार्ययोजना र त्यसको प्रभावकारिताप्रति समितिको चासोलाई दर्शाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई विश्रामस्थल र शुद्ध खानेपानी आयोजना हस्तान्तरण
-
कृषि उपजको दैनिक थोक मूल्यसम्बन्धी जानकारी दिने मोबाइल एपको सुरुवात
-
जुस खाँदा ग्राहक बिरामी परे, अनुगमन गर्दा पसललाई ५० हजार जरिवाना
-
चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन
-
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प : सुनामीको चेतावनी फिर्ता
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण