वर्षायामको सुरुसँगै दूषित पानी पिउन बाध्य
डोल्पा-वर्षायामको सुरुसँगै पानीका मुहान बढेपछि डोल्पाली दूषित पानी पिउन बाध्य भएका छन् ।
वर्षायाम सुरु भएसँगै निरन्तर रातको समयमा भइरहेको वर्षात्ले गर्दा खानेपानीको मुहानमा माटो, बालुवा, काठका टुक्राजस्ता फोहर बगाएर ल्याउने गरकाले खानेपानी दूषित भएको हो ।
स्वच्छ खानेपानीे नहुँदा त्यही दूषित पानी पिउनुपर्ने बाध्यता रहेको त्रिपुरा सुन्दरी नगरपालिकाका दुर्गाप्रसाद देवकोटाले बताए । जिल्लाका त्रिपुराकोट, गल्ली, रल्ली, खदाङलगायतका दर्जनौँ बस्तीमा स्वच्छ खानेपानीको अभावमा अहिले पनि सिधै खोलाको पानी भरेर पिउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
जिल्लाका अधिकांश गाउँ बस्तीका धारामा पानी ल्याउन मुहानको रुपमा सिधै खोला प्रयोग गरिएकाले पनि वर्षात्मा डोल्पालीले दूषित पानी पिउनुपर्ने बाध्यता भएको त्रिपुरा सुन्दरी नगरपालिका–१ का दिलीप गिरीले बताए ।
सिधै खोलमा पानीको मुहान बनाउनाले खानेपानी दिगो नहुनुका साथै दूषित हुने गरेको उनले उल्लेख गरे ।
दूषित पानी पिउन थालेपछि गाँउका अधिकांश सर्वसाधारण रुघाखोकी, विषमज्वर, पखाला, ज्वरोको सङ्क्रमण देखिएकोे त्रिपुराकोटस्थित स्वास्थ्यचौकीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण