बीमा शुल्क सङ्कलनमा झण्डै तीन प्रतिशतले गिरावट
कूल बीमा शुल्क सङ्कलनमा झण्डै तीन प्रतिशतले गिरावट आएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको असोज मसान्तमा कुल बीमाशुल्क सङ्कलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको हो ।
प्राधिकरणका अनुसार चालू आवको असोज मसान्तसम्ममा सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनी र १९ वटा निर्जीवन बीमा कम्पनीसहितका ३८ वटा कम्पनीहरूको कुल बीमाशुल्क सङ्कलन रकम ४६ अर्ब ६१ करोड ९३ लाख १० हजार रूपैयाँ रहेको छ । गत आवको सोही अवधिमा भने यस्तो रकम ४७ अर्ब ८७ करोड ४१ लाख ३५ हजार रुपैयाँ रहेको थियो । यस अवधिमा निर्जीवन बीमा कम्पनीहरूले मात्र सङ्कलन गरेको कुल बीमाशुल्क रकम १० अर्ब ८४ करोड २४ लाख ५२ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूको यस्तो रकम नौ अर्ब ६९ करोड ९३ लाख ४७ हजार रुपैयाँ रहेको थियो । आजको आर्थिक राष्ट्रिय दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा
-
५० हजार विद्युत् मिटर सातै प्रदेशमा पठाइयो, नयाँ मिटरका लागि निवेदन दिन आग्रह
-
स्कुल बसले किच्दा बालिका र सहचालकको मृत्यु
-
पशुपति दर्शन गर्न आउने दर्शनार्थी र यात्रु लुट्ने दुई जना भारतीय नागरिक पक्राउ
-
कवाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीकाे नियन्त्रणमा
-
मुहर्रम पर्वका बेला नक्कली हतियार देखाएर आतङ्क फैलाउने युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण