प्रदेशसभा समानुपातिक मत : मधेश प्रदेशमा कांग्रेस र प्रदेश १ मा एमाले अगाडि
प्रदेशसभा सदस्य समानुपातिक सिटतर्फ मतगणना जारी रहेको छ । निर्वाचन आयोगको पछिल्लो जानकारी अनुसार प्रदेश नं।१ मा नेकपा९एमाले०ले ८७ हजार सात सय ४३ मत प्राप्त गरेको छ ।
त्यसैगरी नेपाली कांग्रेसले ७८ हजार तीन सय ५० मत ल्याएको छ । नेकपा ९माओवादी केन्द्र० ले ३४ हजार सात सय ३१, राष्ट्रिय प्रजातन्त्र पार्टीले २८ हजार एक सय २४ र जनता समाजवादी पार्टीले १२ हजार तीन सय २२ मत प्राप्त गरेको छ ।
मधेश प्रदेशमा कांग्रेस अगाडि
मधेस प्रदेशमा भने नेपाली कांग्रेसले अहिलेसम्म सबैभन्दा बढी मत प्राप्त गरेको छ । कांग्रेसले २४ हजार पाँच सय ८६ मत ल्याएको छ । एमालेले २० हजार दुई सय ७८, जनमत पार्टीले १९ हजार एक सय ४७, जनता समाजवादी पार्टी, नेपालले १३ हजार आठ सय ३३ र ९माओवादी केन्द्रीले नौ हजार पाँच सय ५० मत पाएको छ ।
बागमती प्रदेशमा एमाले नै अगाडि देखिएको छ । उसले ६२ हजार सात सय ५७ मत ल्याएको छ । कांग्रेसले ६१ हजार पाँच सय ७३ मत ल्याएर एमालेलाई पछ्याइरहेको छ । राप्रपाले ३९ हजार ५६ र माओवादीले ३० हजार चार सय १६ मत पाएको छ । बागमती प्रदेश समानुपातिकमा नेपाल मजदुर किसान पार्टीले २७ हजार आठ सय ४२ मत प्राप्त गरेको आयोगले जनाएको छ ।
गण्डकी प्रदेशमा एमालेले ९१ हजार ३७१, कांग्रेसले ७३ हजार ८५०, ९माओवादी केन्द्र० ले ३३ हजार तीन सय ६९, राष्ट्रिय प्रजातन्त्र पार्टीले १७ हजार ६५ र नेकपा ९एकीकृत समाजवादी० ले छ हजार आठ सय २० मत ल्याएको छ ।
लुम्बिनी प्रदेशमा एमालेले एक लाख ८६ हजार ९३ मत पाएको छ भने कांग्रेसले ८९ हजार सात सय ९७, माओवादीले २९ हजार नौ सय ९६, राप्रपाले २५ हजार चार सय ९५ र नागरिक उन्मुक्ति पार्टीलले आठ हजार आठ सय ६९ मत पाएको छ ।
कर्णाली प्रदेशमा समानुपातिकमा भने अहिलेसम्म माओवादी पहिलो पार्टी बनेको छ । माओवादीले एक लाख ३० हजार ५६ मत पाएको छ । एमालेले पाँच हजार नौ सय १४ मत पाएको छ भने कांग्रेसले चार हजार दुई सय २५ मत ल्याएएको छ । त्यसैगरी ९एकीकृत समाजवादी० ले एक हजार एक सय १२ मत पाएको छ । राप्रपाले सात सय ८१ मत पाएको छ । सुदूरपश्चिम प्रदेश समानुपातिक मतबारे भने आयोगले अद्यावधिक गरेको छैन ।
–––
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानमार द्वन्द्वमा मृतकको संख्या एक लाख नाघ्यो
-
लैङ्गिक हिंसा अन्त्यका लागि एकीकृत कानुन ल्याइँदैछ : मन्त्री बादी
-
रास्वपाका निर्वाचित ९९ केन्द्रीय सदस्य, को कता ?
-
पूर्वाधार विकास, पर्यटन र शिक्षा बागलुङ नगरपालिकाको प्राथमिकतामा
-
कलेजो बिग्रँदा खुट्टामा देखिने यी लक्षणहरूको कहिल्यै गर्नु हुँदैन बेवास्ता
-
विश्वकप उत्सवका क्रममा मेक्सिको सिटीमा ३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण