उपत्यकावासीले पत्याएनन् माओवादीलाई
१० वर्षे राजनीतिक द्वन्द्वको रापतापबाट शान्तिपूर्ण राजनीतिमा आएको नेकपा माओवादी केन्द्रलाई सहरी जनताले १५ वर्षपछि एक सिट पनि पत्याएनन् । माओवादी द्वन्द्वले आक्रान्त उपत्यकावासीले २०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौंका १० मध्ये चार र ललितपुरका ३ वटै क्षेत्रबाट माओवादीलाई स्वागत गरेका थिए । यसपटक कुनै पनि क्षेत्रबाट माओवादी उम्मेदवार प्रतिनिधिसभाका लागि अनुमोदनमा परेनन् ।
२०६४ सालको निर्वाचनपछि माओवादीको मत बढ्नुको सट्टा निरन्तर घटिरहेको छ । स्थानीय तहको निर्वाचन होस् वा संघीय संसद्को निर्वाचन, माओवादी केन्द्रले एमाले वा कविसको सहायताबिना एक्लै चुनाव लड्ने आँट गरेको देखिँदैन । पहिलो संविधानसभा निर्वाचनबाट माओवादी अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं १० र रोल्पा १ बाट निर्वाचित भएर प्रधानमन्त्री बन्ने अवसर पाए । भखरै शान्तिप्रक्रियामा आएको माओवादीले पहिलो संविधानसभा निर्वाचनमा ३१ लाख ४५ हजार ५१९ (३०.५२ प्रतिशत) मत प्राप्त गरेको थियो । माओवादीले प्रत्यक्षतर्फ १२० सिट आफ्नो पोल्टामा पारेको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई तिहाइको आडमा सरकारले मनपरी गर्न खोज्यो, खबरदारी आवश्यक छ : युवराज ज्ञवाली
-
खराब मौसमका कारण भारतीय हेलिकप्टर नेपाली आकाशमा छिरेको हो, कुनै गलत मनसाय छैन: परराष्ट्रमन्त्री खनाल
-
नेपालको एलडीसी स्तरोन्नति तीन वर्ष पछाडि धकेल्न सरकारले गर्यो पत्राचार
-
सुस्ता र कालापानी नेपालकै हो : परराष्ट्रमन्त्री
-
मेस्सी, एम्बाप्पे र हालान्डलाई १३ गोलको ऐतिहासिक कीर्तिमान तोड्ने अवसर
-
सुस्ताको माटो बोकेर आज पनि माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण