खराब मौसमका कारण भारतीय हेलिकप्टर नेपाली आकाशमा छिरेको हो, कुनै गलत मनसाय छैन: परराष्ट्रमन्त्री खनाल
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय हेलिकप्टर नेपाली भूभागमा नियोजित रूपमा नभई प्रतिकूल मौसमका कारण प्रवेश गर्नु परेको स्पष्टीकरण दिएका छन् ।
बुधबार संघीय संसद् राष्ट्रिय सभा बैठकमा सांसदहरूले राखेका मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो स्पष्ट पारेका हुन् ।
मन्त्री खनालले मौसम खराब भएपछि भारतीय हेलिकप्टर नेपालको दार्चुला जिल्लामा प्रवेश गर्न पुगेको र उक्त घटनामा भारतीय पक्षको कुनै नियोजित एवं गलत मनसाय नदेखिएको बताए । उनले भने, ‘दार्चुला जिल्लामा भारतीय हेलिकप्टर नियोजित एवं गलत मनसायले नेपालको भूभाग प्रवेश गरेको नदेखिएको र त्यस क्षेत्रको भौगोलिक अवस्थिति र मौसमको कारणले नेपाली भूभाग प्रवेश गरेको विषयमा नेपाली सम्बन्धित अधिकारीहरू र भारतीय पक्षबिच आवश्यक सम्पर्क र समन्वय भइरहेको छ ।’
यसैगरी मन्त्री खनालले नेपालको सुपारी निर्यातमा देखिएको समस्या समाधान गर्न पनि सरकारले पहल गरिरहेको जानकारी दिए । उनले आफूले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सफल भएको दाबी समेत सदनमा गरे । सरकारले भारतसँगको निर्यात व्यापारमा देखिएका समस्या समाधानका लागि निरन्तर कूटनीतिक पहल गरिरहेको उनको भनाइ छ ।
नेपाली चियाको भारत निर्यात सहज भएको विषयमा जानकारी दिँदै उनले भने, ‘सुपारी निर्यातमा देखिएको समस्या समाधानका लागि पहल भइरहेको छ । नेपाली चियाको भारत निर्यातमा देखिएको समस्या र समाधान गर्न सरकारले निरन्तर पहल गरिरहेको सम्मानित सदनलाई अवगत नै छ । यसै सिलसिलामा भारतको विदेश मन्त्रालय, वाणिज्य तथा उद्योग मन्त्रालय, खाद्य सुरक्षा र भारतीय चिया बोर्डका उच्च अधिकारीहरूसँग परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली राजदूतावास संवादमा रही कूटनीतिक प्रयासलाई निरन्तरता दिइरहेको छ । गत जेठमा मेरो भारत भ्रमणको क्रममा उच्चस्तरीय तहमा छलफल पनि भएको थियो । परिणामस्वरुप हाल यस समस्याको समाधान भई नेपाली चियाको भारत निर्यात सहज भएको कुरा जानकारी गराउन चाहन्छु । केही दिन अगाडि भारतले आफ्नो नीतिमा केही परिमार्जन गरेर हाम्रो निर्यातमा सहजीकरण भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
-
अमेरिकी वर्चस्वको उदय र पतन
-
मेडिकल कलेजलाई पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिने फैसलाप्रति डा. गोविन्द केसीको आपत्ति
-
विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो
-
एमाले सही विचार र महान् उद्देश्य बाेकेकाे पार्टी हाे : केपी ओली
-
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण