सुर्खेत २ (ख) मा पूर्व मन्त्री विष्टलाई सुरुवाती अग्रता
बिहीबार, ०८ मङ्सिर २०७९, ०७ : ५८

सुर्खेत २ (ख) को मतगणना सुरु भएसँगै पहिलो चरणको नतिजा सार्वजनिक भएको छ। जसमा पूर्व मन्त्री एवं माओवादी केन्द्रका विन्दमान विष्टलाई सुरुवाती अग्रता मिलेको छ।
२ हजार ७२१ मतगणन गर्दा विष्टले १ हजार १२९ मत पाएका छन्। उनका प्रतिद्वन्द्वी एमालेका तारकेश्वर गौतमले ७२० मत पाउँदा एकीकृत समाजवादीका मोहन बडुवालले ६३७ मत पाए ।