आदित्य नारायण झाले काठमाडौंका दर्शक नचाउने
बिहीबार, ०८ मङ्सिर २०७९, १२ : ०६
बलिउड गायक आदित्य नारायण झाले काठमाडौं बासी दर्शक नचाउने भएका छन् । उनले आगामी शनिबार (१० मंसिर) मा ठमेलको क्लब फ्यारेनहाइटमा आयोजना हुने ‘लाईभ कन्सर्ट’ मा आफ्नो नयाँ तथा पुराना गीतसंगीत समेत प्रस्तुत गर्ने छन् ।
कन्सर्टका लागि आदित्य शुक्रबार नेपाल आउनेछन् । आदित्यले आफ्ना हिन्दीको अलवा केही नेपाली हिट गीत समेत प्रस्तुत गर्ने कन्सर्टका आयोजक तथा क्लबका संचालक सोनम शेर्पाले जानकारी दिए ।
गायक झाले कन्सर्टपछि नेपाल बसाइको क्रममा अलवा पशुपतिनाथको पनि दर्शन गर्नेछन् । सारेगमापा, एक्स फ्याक्टर र खतरा खतरा खतरा जस्ता शो होस्ट गरेर चर्चामा आएका झाले नेपाली फिल्म ‘कुसुमे रुमाल २’ मार्फत पाश्र्व गायकको रुपमा डेब्यु गरेका थिए । उनका पिता उदित नारायण झाको नेपाल र बलिउडमा थुप्रै हित गीत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने
-
कोस्तियान्तिनिभ्का कब्जा गरेको रुसी दाबी युक्रेनद्वारा अस्वीकार
-
हेर्नुहोस् साताका ७ तस्बिर
-
सरकारका सय दिन : एक चलचित्रलाई सम्मान, एक हललाई अनुमति
-
सहसचिवको दरबन्दी भएका जिल्लामा उपसचिवलाई बनाइयो सीडीओ
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण