कपिलवस्तु ३ को (१) मा एमालेका अर्जुन केसी विजयी
बिहीबार, ०८ मङ्सिर २०७९, १४ : १६
कपिलवस्तु क्षेत्र नं. ३ को प्रदेश सभा (१) मा नेकपा एमालेका उम्मेदवार अर्जुन केसी विजयी भएका छन् । केसीले लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार रविदत्त मिश्रालाई ९८ मतले हराएका हुन् । एमाले उम्मेदवार केसीले १० हजार ९२१ मत पाउँदा मिश्राले १० हजार ८२३ मत पाए । ०७४ मा पनि तत्कालीन बाम–गठबन्धनबाट केसीले चुनाव जित्दा मिश्रा पराजित भएका थिए ।
यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कृष्ण प्रसाद पौडेल ५ हजार १७३ मत पाएर तेस्रो भएका छन् । सत्ता–गठबन्धनका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार एहसान अहमद खाँले ३ हजार ६२९ मत पाउँदा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार जीवलाल पौडेलले २ हजार ६०८ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंककको बारमा आगलागी : २७ जनाको मृत्यु, ६० भन्दा बढी घाइते
-
लुम्बिनीमा धान रोपाइँ ५९.९४ प्रतिशत
-
ढिलासुस्तीले खोटाङका दुई सडक कालोपत्रे योजना अधुरै
-
इटहरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा कटुवाल विजयी
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
तराई नजिक मनसुनको न्यून चापीय रेखा : तीन प्रदेशमा भारी वर्षाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण