सर्लाही– ४ बाट अमरेशकुमार सिंह निर्वाचित
बिहीबार, ०८ मङ्सिर २०७९, २१ : १७
सर्लाही क्षेत्र नम्बर-४ बाट नेपाली कांग्रेसबाट कारबाहीमा परेका अमरेशकुमार सिंह निर्वाचित भएका छन् । माछा चुनाव चिन्ह लिएर निर्वाचन लडेका सिंहले कांग्रेका आधिकारिक उम्मेदवार नागेन्द्र कुमाललाई झिनो मत अन्तरले पराजित गरेका हुन् ।
सिंह १७ हजार ७६८ मत ल्याएर विजयी भएका छन् भने कुमाल १६ हजार २२८ मत ल्याएर पराजित भएका छन् । गत वैशाखमा भएको स्थानीय तह चुनावमा अन्तर्घात गरेको भन्दै सिंहलाई कांग्रेसले कारबाही गरेको थियो । पार्टीबाट कारबाहीमा परेपछि सिंहले माछा चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका थिए । अन्तमा कांग्रेसका आधिकारिक उम्मेदवार कुमाललाई हराएर सिंहले जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसद्वारा युक्रेनको युद्ध रोक्ने नयाँ प्रस्ताव अस्वीकार, चार क्षेत्र कब्जा गर्ने लक्ष्य नछाड्ने घोषणा
-
अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुर्व्यसनीको उपचार
-
मदिरा खाएका कर्मचारीले एक्स–रे गरेः निकाल्नुपर्ने कुइनोको, निकालिदिए खुट्टाको
-
अस्पताल भवन निर्माण अलपत्र
-
भीएआरका ५ गडबडी : इरानको गोल रद्ददेखि घानाको पेनाल्टीसम्म
-
गाडीको कालो सिसा हटाउने विषयमा ट्राफिक प्रहरी र नाडाबिच यस्तो भयो सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण