सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
अपडेट

ट्राफिकले हटायो गृहमन्त्री र सचिवको गाडीको कालो सिसा

सोमबार, १५ असार २०८३, १७ : ४८
सोमबार, १५ असार २०८३

सारांश

  • ट्राफिक प्रहरीले गृहमन्त्री सुधन गुरुङ र गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ चढ्ने गाडीको कालो सिसा हटाएको छ ।
  • डीएसपी सुनिलजंग शाह सिंहदरबार पुगेर ट्राफिक प्रहरीको टोलीले कालो सिसाको स्टिकर हटाएको हो ।
  • गृहमन्त्री गुरुङले आफ्नो गाडीको सिसा पनि हटाउन निर्देशन दिँदै कालो सिसा हटाउने अभियानलाई तीव्रता दिन भनेका छन् ।

काठमाडौँ । ट्राफिक प्रहरीले गृहमन्त्री र गृह मन्त्रालयका सचिव चढ्ने गाडीको कालो सिसा हटाएको छ । गृहमन्त्री सुधन गुरुङ र सचिव राजकुमार श्रेष्ठ चढ्ने सरकारी गाडीको सिसामा जडान गरिएको कालो स्टिकर काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले हटाएको हो । 

कालो सिसाको स्टिकर हटाउन डीएसपी सुनिलजंग शाह सिंहदरबार पुगेका हुन् । ट्राफिक प्रहरीलाई बोलाएर कालो सिसा हटाउन लगाइएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले रातोपाटीलाई बताए ।

732933792_1576930663804877_7151629203024550119_n

ट्राफिक प्रहरीले गाडीमा जडान गरिएको कालो सिसाका स्टिकर आइतबार देखी हटाइरहेको छ । उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउने अभियान नै सुरु गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी (एसपी) नरेश सुवेदीले रातोपाटीलाई बताए ।

गृहमन्त्री गुरुङले सोमबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर आफ्नो गाडीको सिसा पनि हटाउन भनेका थिए । उनले कालो सिसा हटाउने अभियानलाई तीव्रता दिन ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप