पत्रपत्रिका
लामिछानेविरुद्धको नागरिकतासम्बन्धी उजुरीको निर्णय क्षेत्राधिकारमा पर्दैन : निर्वाचन आयोग
शुक्रबार, ०९ मङ्सिर २०७९, ०६ : ०९
चितवन-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्धको नागरिकतासम्बन्धी उजुरीको निर्णय निर्वाचन आयोगको क्षेत्राधिकारमा नपर्ने भएको छ। निर्वाचन परिणाम प्रकाशित भइसकेपछि उम्मेदवारको अयोग्यतासम्बन्धी उजुरीको निर्णय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने आयोगले जनाएको छ । निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले संविधानबमोजिम उक्त उजुरीको निर्णय अब आयोगको क्षेत्राधिकारभित्र नपर्ने बताए ।
लामिछानेले अमेरिकी नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता त्याग नगरेको भन्दै गत कात्तिक २९ गते चितवन- २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको थियो । संविधानको धारा २४६ को उपधारा ३ मा राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसद्का सदस्य, प्रदेश सभा सदस्य वा स्थानीय तहका सदस्यका लागि उम्मेदवारीको मनोनयन दर्ता भइसकेको तर निर्वाचन परिणाम घोषणा भई नसकेको अवस्थामा कुनै उम्मेदवारको योग्यता सम्बन्धमा कुनै प्रश्न उठेमा त्यसको निर्णय आयोगले गर्ने व्यवस्था छ । आयोगको क्षेत्राधिकार बाहिरको विषयबारे कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले उजुरीकर्ताले चाहे सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्न पाउने जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयले उक्त उजुरीबारे लामिछानेलाई स्पष्ट गर्न जवाफ मागेको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमका कारण भारतीय हेलिकप्टर नेपाली आकाशमा छिरेको हो, कुनै गलत मनसाय छैन: परराष्ट्रमन्त्री खनाल
-
नेपालको एलडीसी स्तरोन्नति तीन वर्ष पछाडि धकेल्न सरकारले गर्यो पत्राचार
-
सुस्ता र कालापानी नेपालकै हो : परराष्ट्रमन्त्री
-
मेस्सी, एम्बाप्पे र हालान्डलाई १३ गोलको ऐतिहासिक कीर्तिमान तोड्ने अवसर
-
सुस्ताको माटो बोकेर आज पनि माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
खुकुरी प्रहार गरेर भागेका ‘टाइगर’ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण