एक चिहान
बिहान बिहान घामको किरण झर्न अघि
मिर्मिरे उज्यालोले धर्तीमा आगमन गर्न अघि
मस्त निद्राको काखमा रहेको बेला
एउटा अनौठो कथाको सुरुवात भयो
त्यो थियो एक चिहान ।
चिहानबाट समेत उठेर आयो
एउटो नौलो अभियान
जुन अभियानले
नतमस्तक बसेको पहाडलाई
छिचोल्दै खोलाको किनारै किनार
दौडिएको यात्री जस्तै दौडिरह्यो
दुवै किनारको मेल समुन्द्रमा गएर हुन्छ
समुन्द्रमा गएपछि न किनारा भेटिन्छ
न त गहिराई ?
केवल छालले मुडा पछारेझैँ
पछारिने छन् कयौँ योद्धाहरू
एक चिहानमा ।
चिहानमा विलीन भइसकेको अभियानसमेत
आफूलाई नौलो अभियान भन्दै
जनताको आँखामा छारो हाली
आफूलाई कोटमा पहिर्याउन खोज्दैछन्
त्यही कोटको फेर समाई
सयौँ नेता, कार्यकर्ता पालनका लागि भन्दै
हाम्रै रगत र पसिनामा होली खेल्नेछन्
समुन्द्रमा आउने ज्वारभाटाले
पहाडलाई खर्लप्प निलेझैँ गरी ।।
एक चिहान, त्यही चुनाव हो
जुन चुनावले सही मात्र होइन
गलत पनि चुन्न सक्छ
तपाईं र मेरो एक मतले
देशलाई बर्बादीतिर लैजान सक्छ
अनि हजारौँ वर्षसम्म हाम्रा सपनाहरू
तुहिन सक्छ ?
त्यसैले,
यो संविधानको धारा परिवर्तन गरौँ
जहाँ जनतालाई नेता चुन्ने
अधिकार हुन्छ भने
नेतालाई फिर्ता बोलाउने अधिकार पनि
ग्यारेन्टी गरिएको होस् ।
–साल्पासिलिछो, भोजपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण