माओवादीले कटायो समानुपातिकमा १० लाख मत, थ्रेसहोल्ड पछ्याउँदै एकीकृत समाजवादी

नेकपा माओवादी केन्द्रले समानुपातिकमा १० लाख मत कटाएको छ । जारी मतगणनाअनुसार सो पार्टीले आइतबार दिउँसोसम्म ८७ लाख ७४ हजार ६६१ मत गनिसक्दा माओवादीको समानुपातिक मत १० लाख ५ हजार ६७९ मत पुर्याएको हो ।
त्यस्तै सोही समयमा एमालेले २४ लाख १३ हजार २२२ मतसहित पहिलो स्थान बनाएको छ भने नेपाली कांग्रेसले २२ लाख ९४ हजार ९८३ मतसहित दोस्रो स्थान बनाएको छ । माओवादीले १० लाख कटाएर तेस्रो स्थान कायम राखेको छ ।
त्यसैगरी चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख ८३ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख १३ हजार कटाएर पाँचौ पार्टी बनेको छ । समानुपातिकतर्फ नै जसपाले ३ लाख कताएर छैठौं, सातौँमा नेकपा एकीकृत समाजवादीले २ लाख ३५ हजार मत पाएको छ । समाजवादी तीन प्रतिशत थ्रेस होल्ड कटाउने प्रयासमा छ ।
समाजवादीपछि जनमतले २ लाख ३४ हजार, नागरिक उन्मुक्ति पार्टीले २ लाख २ हजार र लोसपाले १ लाख २२ हजार मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा १ लाख ९० हजार ५०० रुपैयाँ कायम
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा
-
कर्णाली नदीमा बेपत्ता भएका दुई किशोर अझै भेटिएनन्
-
आर्यघाटमा मुर्दा बोल्यो, तर बोलेनन् जिउँदाहरू !
-
रोजगारी सिर्जना नगरी देशको अर्थतन्त्र अगाडि बढ्न सक्दैन: अर्थमन्त्री पौडेल
-
सैन्य आक्रमण जारी रहँदा भारतले पाकिस्तानसँग अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको भन्दै आलोचना