बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

सुनको मूल्य तोलामा १ लाख ९० हजार ५०० रुपैयाँ कायम

आइतबार, २८ वैशाख २०८२, ११ : ०५
आइतबार, २८ वैशाख २०८२

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य ३०० रुपैयाँ घटेको हो । 

शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ८०० रुपैयाँ कायम भएको थियो । 

यस्तै चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर १ हजार ९७० रुपैयाँ कायम भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप