प्रशासनलाई जुम्ला उद्योग वाणिज्य संघको ज्ञापनपत्र
व्यापारीहरुको छाता संगठन उद्योग वाणिज्य संघ जुम्लाले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै विभिन्न माग अघि सारेको छ । उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरिचन्द्र देवकोटाले प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीलाई ज्ञापनपत्र बुझाएका हुन् । बैंक तथा वित्तीय संस्थाद्वारा हालै गरिएको चर्को व्याजदर फिर्ता हुनुपर्ने, हाल ऋणीहरुले तिरेको थप व्याज फिर्ता हुनपर्ने, उद्योगीहरुलाई सहजीकरणका लागि आन्तरिक राजस्व कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयमा हेल्प डेस्क निर्माण गर्न समन्वयकारी भूमिका खेल्नुपर्ने र घुमन्ते व्यवसायलाई कानुनी दायरामा ल्याएर मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउनु पर्ने माग अघि सारिएको देवकोटाले बताए ।
कोभिड–१९ महामारीका कारण उद्योगधन्दा तथा कलकारखाना थला परेको र मजदुर तथा कर्मचारीहरु कटौती गर्नुपर्ने अवस्थाले उत्पादनमा कमी आएकै समयमा इन्धनमा भएको मूल्यवृद्धिले पीडामा परेका उद्योगी व्यवसायीलाई बैंक तथा वित्तीय संस्थाहरुले वृद्धि गरेको व्याजदरका कारण थप पीडामा पारेको ज्ञापनपत्रमा उल्लेख छ ।
प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले व्यापारीहरुका माग सम्बोधन गर्न पहल गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकेश साहको अध्यक्षतामा कमन जेनजी नेपालको केन्द्रीय कमिटी पुनर्गठन (सूचीसहित)
-
अर्थमन्त्रीका १०० दिन : प्राविधिक र नियमित काम नै उपलब्धि
-
चिनियाँ उपमन्त्री यान नेपाल आउँदै
-
विश्वकपबाट केप भेर्डेले पाउनेछ ३ अर्बभन्दा बढी रकम
-
कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने
-
मालदिभ्सको पर्यटन क्षेत्रमा डाइभिङ व्यवसायको उछाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण