केपी ओलीलाई भेट्न बालकोट पुगे प्रकाशमान
आइतबार, ११ मङ्सिर २०७९, १९ : ०२
काठमाडौँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित कांग्रेस नेता प्रकाशमान सिंहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । आइतबार साँझ सिंह अध्यक्ष ओली भेट्न बालकोट पुगेका हुन् ।
दुई नेताको भेटमा आपसमा चुनाव जितेकोमा बधाई साटासाट भएको सिंहका प्रेस संयोजक युपी लामिछानेले बताए । ‘बधाई साटासाट र चुनावी नतिजाबारे छलफल भयो, त्यसबाहेक सामान्य राजनीतिक कुराकानी पनि हुने नै भयो’,लामिछानेको भनाइ छ ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मत परिणाम आइरहेका क्रममा ओली र सिंहबीचको भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । एमालेका नेताहरूले कांग्रेससँगको सत्ता सहकार्यका लागि आफूहरू खुला रहेको बताइरहेका बेला कांग्रेका प्रभावशाली नेता सिंहले ओलीलाई भेटेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसद्वारा युक्रेनको युद्ध रोक्ने नयाँ प्रस्ताव अस्वीकार, चार क्षेत्र कब्जा गर्ने लक्ष्य नछाड्ने घोषणा
-
अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुर्व्यसनीको उपचार
-
मदिरा खाएका कर्मचारीले एक्स–रे गरेः निकाल्नुपर्ने कुइनोको, निकालिदिए खुट्टाको
-
अस्पताल भवन निर्माण अलपत्र
-
भीएआरका ५ गडबडी : इरानको गोल रद्ददेखि घानाको पेनाल्टीसम्म
-
गाडीको कालो सिसा हटाउने विषयमा ट्राफिक प्रहरी र नाडाबिच यस्तो भयो सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण