राप्रपा राष्ट्रिय पार्टीमा पुनरागमन
संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रिय पार्टीको रुपमा पुनरागमन भएको छ । २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा १ सिट मात्र ल्याएको राप्रपाले यसपटक प्रत्यक्षतर्फ ७ सिटमा विजयी भइसकेको छ भने राष्ट्रिय पार्टी बन्ने निश्चित भएको छ ।
राप्रपाले अहिलेसम्म समानुपातिकतर्फ ५ लाख १६ हजार मत कटाइसकेको छ । यस हिसाबबाट समानुपातिकमा राप्रपाले ७ देखि ८ सिट पाउने निश्चित भएको छ । २०७४ को निर्वाचनमा राप्रपा राष्ट्रिय पार्टीको रूपमा स्थापित भएन । राप्रपाबाट राजेन्द्र लिङ्देन मात्र संसद्मा विजयी भएका थिए । त्यतिबेला राप्रपा ३ वटा पार्टीको रूपमा विभाजित भएको थियो । कमल थापाले नेतृत्व गरेको राप्रपा, पशुपति शमशेर राणाले नेतृत्व गरेको राप्रपा (प्रजातान्त्रिक) तथा डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको एकीकृत राप्रपा (राष्ट्रवादी) छुट्टाछुट्टै पार्टीको रूपमा चुनावमा होमिएका थिए । त्यतिबेला राप्रपाबाट लिङ्देन मात्र विजयी भएका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
-
अमेरिकी वर्चस्वको उदय र पतन
-
मेडिकल कलेजलाई पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिने फैसलाप्रति डा. गोविन्द केसीको आपत्ति
-
विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो
-
एमाले सही विचार र महान् उद्देश्य बाेकेकाे पार्टी हाे : केपी ओली
-
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण