निर्वाचित सांसद भाडाकै भवनमा
प्रतिनिधिसभाको गत ४ मंसिरमा सम्पन्न निर्वाचनबाट निर्वाचित सांसदले भाडाकै भवनमा बैठक बस्नुपर्ने भएको छ । सिंहदरबारस्थित संघीय संसद् भवनको निर्माण कार्य सम्पन्न नभएकाले अबका नयाँ निर्वाचित सांसदले भाडाकै भवनमा बैठक बस्नुपर्ने भएको हो ।
निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकको मत परिणाम सार्वजनिक गरेपछि संसद् सचिवालयले संसद् बैठकको तयारी गर्नेछ । सो अवधिमा पनि संसद् भवनको निर्माण कार्य सम्पन्न नहुने देखिएकाले भाडामा लिएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा नै संसद् बैठक बस्ने भएको हो । सिंहदरबारभित्र निर्माणाधीन संघीय संसद्को भवन बनाउन १६ असोज २०७६ मा ६ अर्ब ९२ करोड रुपैयाँमा ठेक्का लागेको थियो । सुरुको ठेक्का सम्झौताअनुसार १५ असोज २०७९ मा संसद् भवन तयार भइसक्नुपर्ने थियो । कोभिडका कारण निर्माणका लागि ६ महिना म्याद थप भएपछि ठेक्का अवधि ३० चैत २०७९ मा पुगेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमका कारण भारतीय हेलिकप्टर नेपाली आकाशमा छिरेको हो, कुनै गलत मनसाय छैन: परराष्ट्रमन्त्री खनाल
-
नेपालको एलडीसी स्तरोन्नति तीन वर्ष पछाडि धकेल्न सरकारले गर्यो पत्राचार
-
सुस्ता र कालापानी नेपालकै हो : परराष्ट्रमन्त्री
-
मेस्सी, एम्बाप्पे र हालान्डलाई १३ गोलको ऐतिहासिक कीर्तिमान तोड्ने अवसर
-
सुस्ताको माटो बोकेर आज पनि माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
खुकुरी प्रहार गरेर भागेका ‘टाइगर’ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण