निर्वाचनको समीक्षा गर्न एकीकृत समाजवादीको बैठक जारी
आमनिर्वाचनपछि राष्ट्रिय दल बन्न सङ्घर्षरत नेकपा एकीकृत समाजवादीको बैठक बसिरहेको छ । पार्टी मुख्यालयमा जारी केन्द्रीय सचिवालय बैठकमा ४ मङ्सिरमा सम्पन्न आमनिर्वाचनको परिणामसहितका विषयमा समीक्षा भइरहेको छ ।
राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले समेत राष्ट्रिय दलको मान्यता पाउने गरी नतिजा ल्याउँदा एकीकृत समाजवादीले राष्ट्रिय दलको मान्यता पाउन कटाउनुपर्ने तीन प्रतिशतको थ्रेस होल्ड पार गर्न सङ्घर्षरत छ । यही बेला बसेको सचिवालय बैठक चुनावी नतिजा, गठबन्धनको आवश्यकता, नयाँ सरकार गठनसहित शक्ति बाँडफाँटका विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
एकीकृत समाजवादीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १० सिट जितेको छ । सम्मानित नेता झलनाथ खनाल, सचिव रामकुमार झाँक्रीसहित केही शीर्ष नेता पराजित भएका छन् । आफू पराजित हुनुमा कांग्रेसबाट धोका भएको खनालले प्रतिक्रिया सार्वजनिक गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यसँग जवाफ माग्न पुगेका युवालाई निर्ममतापूर्वक कुट्नु लज्जास्पदः गगन थापा
-
विवेक मण्डल भेन्टिलेटरमा, अवस्था गम्भीर
-
अनुहारमा चोट लागेका माजिद अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल लगियो
-
उपाधि दाबेदार इंग्ल्याण्डलाई रोक्न सक्ला त ‘डार्क हर्स’ नर्वेले ?
-
गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी
-
एमएस्सी गरेका विवेकले किन रोजे गलत बाटो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण