प्रभाससँगको प्रेमको विषयमा बोलिन् कृति– ‘त्यो हल्ला गलत हो’
बलिउड अभिनेत्री कृति सेनन र साउथ सुपरस्टार प्रभास प्रेममा रहेको चर्चाले पछिल्लो समय बलिउड गर्माएको छ । अभिनेत्री कृतिले भने प्रभाससँग अफेयर गलत हल्ला भएको बताएकी छन् ।
उनले सामाजिक सञ्जालमा एकपोष्ट गर्दै प्रभाससँग प्रेम नरहेको स्पष्ट पारेकी छन् । ‘एक रियालिटी शोमा अभिनेता वरुण धवनले मजाक गर्दै भनेको कुरा अफवाहको रुप अहिले फैलिएको हो’, कृतिले भनिन्– ‘यो हल्ला एकदमै गलत हो । यसमा केही सत्यता छैन ।’
उनले अगाडि भनेकी छन्, ‘न यो प्रेम हो न पिआर । हाम्रो भेडिया (वरुण धवन) एक रियलिटी शोमा केही बढी नै वाइल्ड भएका थिए । उसको मजाकपछि कयौं अफबाह फैलियो । कुनै पोर्टलले मेरो विवाहको मिति घोषणा गर्नुपूर्व म स्पष्ट पार्न चाहन्छु कि यो अफवाहबाट टाढा रहनुस् । यो अफवाह गलत छ । यसमा कुनै सत्यता छैन ।’
प्रभास अहिले दीपिकासँग निर्देशक नाग अश्विनको फिल्ममा काम गरिरहेका छन् । वरुणले दीपिकासँग काम गरिरहेको व्यक्ति भनेर प्रभासको नाम इंकित गरेका थिए । यसपछि मिडियामा कृति र प्रभास प्रेम सम्बन्धमा रहेको चर्चा चलेको थियो । कृति फिल्म ‘आदिपुरुषमा’ भने प्रभासको साथ देखिनेछन् । –दैनिक भास्कर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण