माओवादी नेता भण्डारीलाई जुम्ला इन्चार्जको जिम्मेवारी
नेकपा माओवादी केन्द्रले माओवादीका पोलिटब्युरो सदस्य नरेश भण्डारीलाई जुम्ला जिल्ला इन्चार्ज तोकेको छ । भण्डारीलाई प्रदेश इन्चार्ज कालिबहादुर मल्लको हस्ताक्षरित पत्रमा जिल्ला इन्चार्जको जिम्मेवारी तोकिएको हो ।
आफूलाई पार्टीले १५ वर्ष पछि फेरि इन्चार्जको जिम्मेवारी प्रदान गरेको भण्डारीले जानकारी दिए । उनले अव पार्टीलाई सहकार्य गरेर अगाडि बढाउने प्रतिवद्धता पनि जनाए । जुम्लामा यस अघि माओवादी नेता गजेन्द्रबहादुर महत पार्टी इन्चार्ज रहेका थिए ।
वि.सं. २०७४ सालको स्थानीय तहमा ३ अध्यक्ष र ५ उपाध्यक्षसहित सवैभन्दा बढि वडाध्यक्ष जितेको जुम्ला माओवादी २०७९ सालको स्थानीय तहमा २ स्थानीय तह र वडामा दोस्रो स्थानमा खुम्चिएको छ । भर्खर सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा माओवादीका १४ हजारसहित गठवन्धनका ३६ हजार मत हुँदा पनि उल्लेख्य सफलता हात नलाग्नुले माओवादीमा अर्को चुनौती थपिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने
-
कोस्तियान्तिनिभ्का कब्जा गरेको रुसी दाबी युक्रेनद्वारा अस्वीकार
-
हेर्नुहोस् साताका ७ तस्बिर
-
सरकारका सय दिन : एक चलचित्रलाई सम्मान, एक हललाई अनुमति
-
सहसचिवको दरबन्दी भएका जिल्लामा उपसचिवलाई बनाइयो सीडीओ
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण